शुक्रबार, चैत्र १६, २०८०

कृषि क्षेत्रको विकास पहिलो प्राथमिकतामा रहेको छ

नेपालमा पछिल्लो समय विदेशी दातृनिकायहरुको चासो कृषि क्षेत्रका बढ्दै गईरहेको छ । छिमेकी राष्ट्र चीन होस् या केही टाढा रहेको कोरिया, जापान, अमेरिकासम्मले पनि नेपाली कृषि क्षेत्रमा सहयोगको हात बढाईरहेको देख्न सकिन्छ ।
यतिखेर भने कोरियाले नेपालका स्मार्ट कृषिका लागि सहयोग गर्ने सोचका साथ नेपालका विभिन्न स्थान घुमेर बस्तुगत अवलोकन गरिपनि सकेको छ । त्यसका लागि कोइका मार्पmत कृषि विषयमा स्नातकोत्तर तहमा छात्रबृत्ति पनि दिईरहेको छ । यसै विषयमा कोरिया इन्टेरनेशनल कोअपरेशन एजेन्सी (कोइका)का कार्यक्रम विज्ञ लि सुजुङ्ग, वैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानीको अंश ः
० नेपाल भ्रमणको उदेश्य के हो प्रष्ट पार्दिनुस् न ?
कोइका र कोनपुक नेशनल विश्वविद्यालयलले सञ्चालन गरेको स्नाकोत्तर तह छात्रबृत्ति कार्यक्रमको कार्यशाला गोष्ठि सञ्चालन गरेर सो कार्यक्रमबाट नेपालले के फाइदा लिन सक्यो वा सकेन जानकारी लिनु नै हाम्रो यो भ्रमणको उदेश्य हो ।
० तपाईहरुले कार्यशाला गोष्ठी पश्चात केही परियोजना स्थापित गर्दै हुनुहुन्छ वा स्नाकोत्तर तहको छात्रबृत्तिका लागि मात्र हो ?
कोनपुक नेशनल विश्वविद्यालयबाट छात्रबृत्तिमा अध्ययन गरेर फर्केका प्रतिनिधिहरु मार्फत कृषि क्षेत्रको विकास गर्ने सोच बनाएका छौं । त्यसका लागि हामीले केही नयाँ काम गर्ने सोच राखेर संस्थागत रुपमा नै कृषि विकास मन्त्रालय तथा सरोकारवाला निकायसँग सम्झौता गरेर नेपालको कृषि क्षेत्रमा सहयोग गरी कृषि क्षेत्रको बृहत्तर विकासका लागि काम गर्ने पनि हाम्रो उदेश्य हो ।
० तपाई कोइकाको मुख्यालयमा काम गरिरहनु भएको छ, नेपालमा गर्ने सहयोगमा कुनु कुन विषयलाई प्राथमिकता राखेको छ त ?
कोइकाले नेपालमा सहयोग गर्नका लागि ५ वटा विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नेपालको शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र , कृषि क्षेत्र सूचना प्रविधिका विकास र उर्जाको क्षेत्रमा हामीले सहयोग गर्ने प्राथमिकताका विषयहरु हुन् । त्यसमा पनि कृषि क्षेत्रको विकासका लागि बढी प्राथमिकतामा राखेको छौ र हाम्रो भ्रमण पनि कृषि क्षेत्रमा नै केन्दित रहेको छ ।
० कृषि र स्वास्थ्य क्षेत्रमा मध्ये बढी प्राथमिकता केमा छ ?
हामीले कृषि क्षेत्र नै महत्वपूर्ण क्षेत्र भएकाले कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेका छौं ।
०कृषि क्षेत्र निकै महत्पूर्ण भन्नु भयो किन ?
कृषि विना हामी बाँच्न सक्दैनौ । स्वास्थ्यका कुरा वा पोषणका कुरा गर्ने हो भने पनि कृषि विना सम्भव छैन । त्यसकारण पनि कृषि क्षेत्रमै महत्वपूर्ण छ ।
०तपाईहरुले अहिले गर्नु भएको छात्रबृत्तिबाट सन्तुष्टि हुनुहुन्छ ?
हामी सन्तुष्ट छौं । छात्रबृत्तिबाट अध्ययन गरेर फर्केका विद्यार्थीहरुले अहिले कृषि क्षेत्रको आधुनिकीकरणमा लागि काम गरिरहेको पाएका छौ । नेपालमा पनि स्मार्ट कृषिका लागि काम भएको छ । जुन हामीले कोरियामा गरिरहेका छौं त्यही प्रविधि नेपालमा पनि शुरुवात गर्नु भएको छ ।
० तपाईहरुले स्मार्ट कृषिका लागि पनि सहयोग गर्दै हुनुहुन्छ होइन ?
हो हामीले नेपालको कृषि क्षेत्रको विकासका लागि प्रविधियुक्त बनाउने सोचका साथ स्मार्ट कृषिको परिकल्पना गरेका छौं । नेपालका त्यसको अगुवाई अरुण जिसीले गर्नु भएको छ ।त्यसका लागि पनि सहयोग गर्ने तयारी गरिरहेका छौं । स्मार्ट कृषि अभ्यासका माध्यमबाट नेपाली कृषि व्यवसायीहरु मात्र होइन नेपाली किसानहरुलाई पनि उत्पादनमा लागत मूल्य न्युनतम लाग्ने र बढी भन्दा बढी फाइदा सो प्रविधिबाट लिन सकिन्छ । त्यसकारण पनि हामीले स्मार्ट कृषिलाई सहयोग गर्ने तयारी गरेका हौं ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ११, २०७५