बिहिबार, चैत्र १५, २०८०

बढी नाफाको उदेश्यमात्र बोकेर व्यापार गर्ने व्यवसायीहरु छन्

नेपालमा आयात गरिएको बीउ गुणस्तरहीन भएका कारण बेला बेलामा किसानहरु मारमा पर्ने गरेको देखिन्छ । कहिले धान नफल्ने त कहिले मकैको दाना नलाग्ने समस्या नेपाली किसानहरुले भोगिसकेका छन् । हाइव्रिड जातका बीउका नाममा नेपालमा दर्ता नगरिएका र गुणस्तरहीन बीउ विक्री गर्ने व्यवसायीहरु दिनप्रतिदिन बढ्दै गईरहेकाा छन् । नेपालमा दर्ता नभएका वीउ व्यापारीहरुले ल्याईरहेका विषयमा मेरो एग्रो प्रालिका प्रवन्ध निर्देशक श्रीकृष्ण श्रेष्ठसँग वैकुण्ठ भण्डारीले गरेको कुराकानीको अंश ः
० नेपालमा अहिले दर्ता नभएको गुणस्तहीन बीउ प्रशस्त छ रे नि ?
अहिले बजारमा दर्ता भएका नभएका जस्ता पनि बीउ देखिएको छ । दर्ता भएका मात्र वीउले बजार ओगट्न पनि सक्दैन र किसानसम्म पुग्न पनि सक्ने अवस्था छैन । नयाँ बीउहरु ल्याउन नै हुन्न भन्ने होइन । त्यसलाई परीक्षण गरेर विक्री वितरण गर्नु पर्दछ । अहिले हामीले पनि नयाँ वीउ ल्याउने हो भनेदेखि भन्सार देखि बजारसम्म समस्या हुन्छ । परीक्षण गरेर वीउ ल्याउने र विक्री वितरण गर्नै हो भने राम्रा बीउ किसानल किन्छन् नराम्रा विस्थापित हुन्छन । गुणस्तरीय वीउ आएका आएनन् । प्रक्रियामा आयो कि आएन भन्ने कुरा सम्वन्धित निकायले गर्नु पर्दछ ।
० तपाईले भने जस्तै प्रक्रियामा नै नगई गलत ढंगले ल्याएका बीउ बजारमा प्रशस्त भेछिन्छन् त ?
दर्ता प्रक्रियालाई सहज बनायो भने सवै दर्ता प्रक्रियामा गईहाल्छन् नि तर नेपालमा बीउ आयातका लागि दर्ता प्रक्रिया नै झण्झटिलो छ । बजारमा आएका सवै बीउ काम नलाग्ने होइन नि । गल्ती गर्नेलाई सरकारले कार्वाही गर्न सक्छ, गरोस् । बीउ दर्ता गर्ने निकायले नियमन गर्ने र चाँडो प्रक्रिया थाल्ने हो भने पनि समस्या समाधान हुन्छ । सरकारले पनि अहिले गुमाईरहेको कर असुल्न सक्छ भने किसानले पनि गुणस्तरीय बीउ पाउँछन् ।
० तर पछिल्लो समयमा व्यवसायीहरुले सरकारी प्रक्रियामा नै जान नमान्ने र गैर कानूनी ढंगले वीउ ल्याउने गरेका छन् त ?
सरकारी प्रक्रियामा दर्ताका लागि नै नजानु ठिक होइन । बढी नाफाको उदेश्यमात्र बोकेर व्यापार गर्ने व्यवसायीहरु पनि छन् । छँदैछैन भन्ने खोजेको होइन । तर दुईचार जना व्यवसायीहरुले गरेको गलत क्रियाकलापलाई लिएर पुरै व्यवसाय नै यस्तै हो भन्ने सोच्नु पनि त भएन ।
० दर्ता प्रक्रियाका लागि सरकारले मापदण्ड त बनाएको छ नि तर किन जाँदैनन् ?
प्रक्रिया धेरै लामो भएर हो । वीउको गुणस्तरका नाममा दुइ चार वर्ष नै लगाईदिने गरेकाले व्यापारीहरुले जसरी हुन्छ ल्याउने र विक्री गरिहाल्ने बानी बस्दै गएको छ । त्यसो भन्दैमा सरकारले यसैगर्ने हो कि नयाँ मापदण्ड बनाएर व्यापारीहरुलाई सहज आफ्नो घेराभित्र राख्ने भन्ने कुरा हो । सरकारले प्रक्रियालाई सहज बनाईदिने काम गर्नु पर्दछ । बीउ आयात गर्ने व्यवसायीहरुलाई सरकारको निगरानीमा राख्ने काम भने गर्नु पर्दछ । यदि होइन पुरानै मापदण्ड भित्रै रहनु पर्दछ बरु यस्तै चल्छ भन्ने सोच सरकारी निकायले राख्ने हो भने दीर्घकालिन असर पर्दछ । व्यवसाय गर पनि भन्ने अनि त्यसका लागि सहजीकरण नगर्ने भन्ने कुरा हुँदैन ।
० कृषि बस्तुहरु आयात गर्न भन्सारमा कत्तिको सहज छ त ?
भन्सारमा एक रुपता नै छैन । हामीले विषादी लगायत बालीहरुका लागि आवश्यक पोषकतत्वहरु पनि ल्याईरहेका छौ । स्प्रे मेसिन कै कुरा गर्ने हो भने पनि कुनै बेला १ प्रतिशतको कुरा हुन्छ त कहिले ५ प्रतिशत अनेको झण्झटहरु छन् । मान्छे पिच्चेका कुराहरु हुन्छ भन्सारमा नियम एकातिर कार्यान्वयन अर्कोतिर हुने गरेको देखिन्छ । समग्रमा भन्ने हो भने व्यापारीहरुको प्रति सरकारले हेर्ने दृष्टिकोण नै गलत छ ।
० तर सरकारले व्यवसायीहरुका लागि सहज होस् भन्नेका लागि कृषि सामग्रीहरु आयात गर्दा कतिपय कुरामा भन्सार छुटका कुरा पनि गरेको छ नि ?
कृषि यान्त्रिकरणमा सरकारले भन्सार छुट भनेको छ । १ प्रतिशतमा आयात गर्न दिने भनेको भएपनि अन्य कृषिका लागि आवश्यक पोषण लगायतका कुरामा त्यस्तो छैन । फेरि पनि दोहो¥याउँछु । भन्सारमा एकरुपता नै छैन । भन्सारमा हाकिम को छ उसैको नियन्त्रणमा देखिन्छ । मन लागे १ प्रतिशतमा पनि छाडिदिएको अवस्था मन लागेन भने बढी तिराउने अवस्था यो मनोमानी छ ।
० कृषि विकास मन्त्रालयले त व्यवसायीहरुका लागि सहजीकरण गरिरहेको छ भन्छ त ?
त्यो देखिँदैन । भनाई र गराईमा फरक छ । मन्त्रालयका पदाधिकारीहरुले जे भनिरहनु भएको । त्यो गराईमा देखिँदैन । जसले गर्दा समस्या झन् बढ्दै गईरहेको छ ।
० नेपालको समग्र कृषि विकास गर्ने हो भने सरकारले के के गर्नु पर्ला ?
सरकारले व्यापारीहरुलाई काम गर्ने वातावरण बनाईदिनु प¥यो । करमा एक रुपता छैन त्यो पनि एकरुपता हुनु प¥यो । हामिकको तवजीमा चल्नु भएन । कृषि विकास गर्ने भन्ने तर किसानमुखी कार्यक्रम नै छैन । किसानले चाहेको बेलामा मल, बीउ, सिंचाईको पाउनु पर्ने वातावरण तयार गर्नु प¥यो । जवसम्म किसानलाई प्रोत्साहन गरिने खालका कार्ययोजनाहरु कार्यान्वयनमा आउँदैनन् तवसम्म केही हुने वाला छैन ।
० व्यवसायीहरुले के गर्नु पर्दछ ?
कृषि क्षेत्रमा जसजसले के व्यवसाय गर्नु भएको भएपनि किसानलाई हित हुने गरी गर्नु पर्दछ । किसानलाई हित हुने गरी कार्यक्रम हुन सकेन व्यवसाय गर्न सकेन भने व्यवसाय फस्टाउन सक्दैनन । किसानहरु भएमात्र कृषि व्यवसाय सम्भव छ भन्ने कुरा व्यवसायीहरुले बुझ्नु पर्दछ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ५, २०७५