शुक्रबार, बैशाख ७, २०८१

इजरायल प्रविधिका नाममा एकपछि अर्को थपिँदै बदनाम

काठमाडौं,फागुन । । पछिल्लो समयमा नेपाली कृषि क्षेत्रका आधुनिकीकरणका नाममा ठगी धन्दा मौलाउँदै गईरहेको छ । इजरायलबाट फर्केका युवाहरु भन्दै कृषि प्रविधि विक्रीका नाममा बढ्दै गएको ठगीका कारण नेपाली किसानहरुको विचल्ली हुन थालेको छ ।
करीव ९ वर्ष अगाडि चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मह एग्रिकल्चरका नाममा इजरायाली प्रविधि भित्र्याएको र नमूना काम गरेको भन्दै चर्चा बटुलेका थिए । त्यस बेला कृषिमा विदेशी दातृनिकायहरुले करोडौं रुपयाँ इजरायली प्रविधि विस्तार र व्यवसायिक कृषिका अनुदान वितरण गरे । तर एक दशक पनि वित्न नपाउँदै मह एग्रिकल्चरको नाम निसाना नै मेटिएको छ ।
मह एग्रिकल्चरको नाम निसान किन मेटियो भन्ने तर्फ कसैले खोजी पनि गरेका छैन । सरकारी तथा गैरसरकारी निकायले दिएको रकम बालुवामा पानी भयो । मह जोडीले त कृषिमा लगानी गरे भन्दै धेरै युवा व्यवसायी वा लगानीकर्ताहरुले इजरायली प्रविधि मार्फत कृषि उत्पादनका लागि लगानी गरे तर आफ्नो लगानी कहिल्यै पनि फर्काउन सकेनन् । त्यसको ज्वलन्त उदाहरण मह जोडीसँग पूर्व मन्त्री तथा उद्योगी रुपज्योति पनि फसे । यी दुवैलाई कसले फसायो र लगानी डुवायो भन्ने चर्चा भन्दा पनि इजरायलाबाट कृषि तालिम लिएर आएका र आफै प्राविधिक भन्दै स्थापना गरेको आरभा एग्रिकल्चर नेपाल नाम कम्पनीको ठगि धन्दा मकवानपुरमा बनाएको ग्रिन हाउसले पुष्टि गरिदिएको ।
तरकारी विकास निर्देशनालयको अनुदानमा मकवानपुरमा निर्माण गरिएको ग्रिन हाउ (टनेल) ध्वस्त भएको छ । आरभा एग्रिकल्चरले जिम्मा लिएको सो ग्रिन हाउस १ वर्ष पनि नपुग्दै भत्किएपछि किसानहरुको विचल्ली भएको हो । लाखौ रुपैयाँ खर्चेर बनाइएको ग्रिनहाउस भत्किएपछि उनीहरु विचल्लीमा परेका छन् । तरकारी विकास निर्देशनालयले अनुदान दिएर बनाएको सो ग्रिन हाउस भत्किएपछि कसले बनाउने भन्नेमा बहस भईरहकोछ । हाल तरकारी विकास निर्देशनालय खारेजीमा छ । तर त्यस बेला सम्झौता अनुरुप बनाइएको धेरै फार्महरुमा निमाण गरिएको ग्रिन हाउसहरुको अवस्था उस्तै छ । ग्रिन हाउस निर्माण गर्ने आरभा एग्रिकल्चरका प्रवन्ध निर्देशक देवराज आचार्यले भने आफूहरुका कारण सो ग्रिन हाउस क्षति नभएको र हिउँ परेका कारण भत्किएको बताउँछन् ।
साधारण हिउँ पनि थाम्न नसक्ने गरी बनाएका यस्ता ग्रिन हाउसहरु धेरै छन् । तर सरकारी कर्मचारी तथा व्यवसायीहरुको मिलेमतोमा लाखौं रुपैयाँ सरकारी रकम भने झ्वाम्म भएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २, २०७५