शनिबार, बैशाख ८, २०८१

प्रांगारिक कृषि असम्भव, असल कृषि अभ्यास शुरु

काठमाडौं, माघ । तरकारी खेतीमा असल कृषि अभ्यासका लागि दुई दिन कृषक अभिमुखिकरण तालिम शुरु गरेको छ ।
असल कृषि अभ्यास कार्यक्रमको शुरुवात गर्दै कृषि सचिव डा. युवकध्वज जीसीले असल कृषि अभ्यासका विषयमा नीतिगत तहमा रहेका व्यक्तिहरु नै अलमल्ल परेको बताए ।
उनले असल कृषि अभ्यासका लागि नै सरकारले प्रागारिक कृषि उत्पादनमा जोड दिएको भन्दै यसबारे उत्पादकलाई नै बुझाउनु पर्ने बताए ।
पछिल्लो समयमा प्रागारिक खेतीको कुरा बहस र चर्चामा आईरहेको भएपनि सवै बस्तु र बालीमा प्रांगारिक बनाउछु भन्नु गलत रहेको समेत खुलासा गरे । सवै बस्तु बाली प्रागारिक उत्पादन गर्न असम्भव छ । त्यसका लागि लामो समय लाग्न सक्छ तर निश्चित बाली र क्षेत्रलाई प्रागारिक बनाउन सकिने उनेको भनाई थियो ।
असल कृषि अभ्यासको प्रमाणिकरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सचिवालय समेत राखिएको छ ।
किसानहरुले उत्पादन गरेका बस्तुलाई असल कृषि अभ्यासको माध्यमबाट विदेश निकासी गर्न सकिने भएकाले तालिम मार्फत गुणस्तरीय उत्पादनमा सघाउ पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसीले बताए ।

प्रकाशित मिति: मङ्लबार, माघ २९, २०७५