शुक्रबार, चैत्र १६, २०८०

विषादी व्यवसायीले लिएको प्रमाणपत्र खोस्ने तयारी

काठमाडौं,माघ । सरकारले तरकारी तथा खाद्यवालीमा रासायनिक विषादी प्रयोग न्यूनिकरण गर्नका लागि विशेष पहल गरिरहेको भएपनि विषादी प्रयोग न्यूनिकरण भने हुन सकेको छैन । विषादी व्यवसायीहरुले बढी नाफा लिनका लागि जथाभावी रासायनिक विषादी विक्री वितरण मात्र होइन अनाधिकृत रुपमा विषादी नेपाल भित्रिएको पाइएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले विगतमा विक्रेता तथा आयातकर्ताहरुलाई दिएको विषादी पञ्जिकरण प्रमाणपत्र खिच्ने भएको छ ।
त्यसका लागि केन्द्रका प्रमुख डा डिल्लीराम शर्माले विषादी व्यवसायी संघ, सम्पूर्ण भन्सार कार्यालयहरु, विषादी विक्रेताहरु समेतलाई विषादी पञ्जिकरण प्रमाणपत्र फिर्ता गर्न भन्दै पत्र काटिसकेका छन् ।
जीवनाशक विषादी समितिको माघ १६ गते बसेको २१ औं वैठकले विषादीहरुको पञ्जिकरण खारेज गरी नेपालमा आयात, निर्यात, संलेषण, विक्री वितरण र प्रयोग गर्नमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
समितिको वैठकले पछिल्लो समयमा बजारमा रहेका विषादीहरु आगामी २ वर्षसम्ममा विक्री वितरण गर्न भन्दै त्यसपछि ती विषादीहरु जफत गरी नष्ट गर्ने जनाएको छ ।
पाँच विषादी आयातमा प्रतिवन्ध
प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार समितिले नेपालमा थप पाँच प्रकारका विषादी नेपालमा आयात प्रतिवन्ध लगाउने निर्णय गदै सवै नाका भन्सारमा जानकारी समेत दिइसकेको छ । समितिले ऋबचदयागचबल, ऋबचदबचज्ञ, म्ष्अजयिचखयक, त्चष्बशयउजयक, द्यभलयmथज्ञि नामका विषादी नेपालमा आयात तथा विक्री वितरणका लागि समेत रोक लगाएको जनाएको छ ।

प्रकाशित मिति: आइतवार, माघ २७, २०७५