बिहिबार, बैशाख ६, २०८१

थोत्रा फलाम ल्याएर नयाँ ग्रिन हाउसका नाममा ठगि गर्दै किसान एग्रिकल्चर

काठमाडौं, माघ । नेपालका कृषिको आधुनिकीकरणका नाममा किसानहरु कसरी ठगिंदै छन् भन्ने कुरा किसानलाई त थाहा छैन नै तर कमिशनका कारण सरकारी निकायहरु पनि मौन बसिरहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।
पछिल्लो समयमा इजरायली प्रविधिका नाममा किसान ठगिने क्रम जारी छ । प्लाष्टिक घर (ग्रिन हाउस) निर्माण गरी त्यसभित्र उत्पादन गरिने कृषि उपजबाट धेरै नाफा लिन सकिन्छ भन्दै भ्रम छर्ने निजी व्यवसायीहरु प्रशस्त देखिन थालेका छन् भने सरकारी निकाय कमिशनका कारण उनीहरुकै प्रचार गर्दै आईरहेको देखिन्छ ।पछिल्लो समयमा किसान ठगी गर्ने काममा सक्रिय देखिएको छ किसान एग्रिकल्चर प्रालि । ललितपुरमा रहेको किसान एग्रिकल्चर नामक कम्पनीले धेरै किसानहरुलाई धुरुधुरु रुवाएको छ । लाखौं रुपैयाँ कृषि उत्पादनमा लगानी गर्न खोजिरहेका व्यवसायिक किसानहरुलाई नक्कली र पुराना ग्रिन हाउसहरु भिडाएर नयाँ ग्रिन हाउसको रकम सो कम्पनीले असुलेको छ ।
यो कम्पनीको धन्दा नै भारतबाट पुराना फलामका ग्रिन हाउस निर्माण सेट (स्ट्रक्चर) ल्याएर किसानहरुलाई चर्को मूल्यमा नयाँ भन्दै फिटिङ गर्नु हो ।
सो कम्पनीले ललितपुर कै ललेमा व्यवसायिक कृषि गरिरहेका प्रदिप सिजापतिलाई भारतबाट ल्याएको २ बर्ष पुराना ग्रिन हाउस सेट निर्माण गरिदिएपछि सो कुरा बाहिर आएको हो । सिजापतिलाई किसान एग्रिकल्चरका शिव गौतमले नयाँ सेट तयार गरिदिने शर्तमा १६ लाख ७० रुपैयाँमा सम्झौता गरेका थिए । तर उनको फार्ममा गौतमले निर्माण गरिदिएको ग्रिन हाउस सेट २ वर्ष पुरानो भेटिएपछि भुक्तानी गर्नु पर्ने ४ लाख रुपैयाँ रोकिदिएका छन् ।
उनले थोत्रो निर्माण सामग्री प्रयोग गरिदिएपछि लगानी त डुब्नै नै भयो नै २ वर्ष पुरानो ग्रिन हाउस सेट निर्माण गरिदिएका कारण लामो समय नटिक्ने भएका कारण उनी दुखित भएका छन् । सिजापतिले गौतमलाई सम्झौता अनुरुप १३ लाख भुक्तानी दिईसकेका छन् भने ४ लाख रुपैयाँको भुक्तानी दिएर पनि रोकिदिएका छन् । तर शिव गौतमले वाँकी रकम भुक्तानी गर्न दवाव दिईरहेका छन् र तर सिजापतिले कुनै हालतमा पनि वाकी रकम नदिने बताएका छन् । झुठो कुरा गरेर पुराना सामान दिनेलाई किन रकम दिने उनको भनाई छ ।
सो विषयमा किसान एग्रिकल्चरका शिव गौतम पुरानो ग्रिन हाउस सेट निर्माण पैसा अनुसारको गरेको भन्दै पन्छँन खोजे । किसान एग्रिकल्चरले भारतका फार्म हाउसहरुबाट पुराना सेट नेपाल आयात गरी नेपाली किसानलाई नयाँ भन्दै विक्री गर्दै आईरहेको भेटिएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २४, २०७५