शुक्रबार, चैत्र १६, २०८०

नेपालबाट कृषि उत्पादन निर्यात गर्न सक्ने बनाउँछौं

नेपाल कृषि उत्पादनका लागि उर्वर भूमि रहेछ । तर नेपालमा दैनिक खाद्यान्न आयात गर्नु पर्ने वाध्यता रहेछ । अवौं रुपैयाँको कृषि उपज आयात गर्नु पक्कै पनि दुखद् कुरा हो । जहाँ जुनसुकै समयमा पनि जस्तोसुकै बाली उत्पादन गर्न सकिन्छ त्यस्तो देशमा खाद्यान्न आयात गर्नु सायद ठिक नहोला पनि । हिमाल, पहाड र तराई हेर्ने हो भने सवै प्रकारका कृषि उपज सँधै उत्पादन गर्न सकिन्छ । अव नेपालले कृषि उपज आयात होइन केही वर्षमा नै निर्यात गर्न सक्छ । त्यसका लागि हामी सहयोग गर्न तयार छौं भन्छन् अन्तर्राष्ट्रिय कृषि महासंघका कार्यकारी अध्यक्ष ख्वाङ वन क्वाङ । उनै क्वाङसँग वैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानी ।

० अन्तर्राष्ट्रिय कृषि महासंघ कस्तो संस्था हो ?
सन् २०१० मा चीन सरकारको मातहतमा रहेर स्थापित भएको यो कृषिसँग संघ सम्वन्धित विभिन्न ७० देशहरुको छाता संस्थाका रुपमा स्थापित भएको संस्था हो । यो संस्थाले प्रत्येक २ वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यहाँ कृषिका पहिचान भएका देशहरुले आफ्नो कृषि उत्पादनहरुको बजारीकरण प्रर्वद्धन गर्नका लागि मद्दत गर्ने गर्दछ । त्यस्तै कृषि उपजहरुको अन्तर्राष्ट्रिय गुणस्तर मापन गरी त्यसलाई प्रमाणपत्र दिने काम पनि गर्दै आईरहेको छ । महासंघले सम्मेलनहरु गरी कृषि उत्पादन गर्ने देशहरुको आयात निर्यात बढाउनका लागि पनि सहयोग गर्दै आईरहेको छ । भने एउटा देशमा उत्पादन भएको कृषि उपज विश्व बजारमा पु¥याउनका लागि पनि काम गर्दै आएको छ । महासंघमा आवद्ध भएका सदस्यहरु जो लगानी गर्न खोजिरहेका छन् उनीहरुलाई नयाँ प्रविधिहरु प्रयोग गरी व्यक्तिगत तथा संस्थागत लगानी गर्नका लागि उत्प्रेरित गर्ने काम पनि महासंघले गर्दै आईरहेको छ । अल्प विकसित तथा विकासोन्मुख देशहरुका कृषि प्रविधि विस्तार, कृषि शिक्षाका लागि लगानी, प्रशिक्षण लगायतका काम गर्दै आएको कृषि विकासमा टेवा पु¥याउने संस्था कृषि महासंघ हो ।
० नेपालको कृषि क्षेत्रमा कसरी सहयोग गर्न खोजिरहनु भएको छ त ?
नेपालमा काम गरिरहेको कृषि महासंघ वा सरकारी निकायलाई महासंघमा आवद्ध गराउने सोही संस्था मार्फत कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने नै हो । महासंघमा आवद्ध गराएर जान सक्यो भने नेपालमा उत्पादन भएका कृषि उपजहरु महासंघसँग आवद्ध भएका ७० भन्दा बढी देशहरुमा प्रवद्र्धन गर्नका लागि मद्दत पुग्ने छ भने त्यसले निर्यात गर्ने कामलाई सहयोग पुग्ने छ ।
० सदस्य बनाउने काम मात्र हो विकासका लागि पनि काम गर्नु हुन्छ ?
हामीले नेपालको माटो सुहाँउदो हाईव्रिड बीउहरु उत्पादनका लागि पनि काम गर्ने सोच बनाएका छौं । त्योसँगसँगै निजी लगानीकर्ताहरु ल्याएर नेपालको कृषि क्षेत्रको विकास गर्ने नै लक्ष्य रहेको छ । अर्को कुरा के हो भने नेपाल पनि कृषि उत्पादनका लागि महत्वपूर्ण देश हो भन्ने परिचित गराउनका लागि पनि यो मञ्च महत्वपूर्ण हुन सक्छ । महासंघको मञ्च प्रयोग गरेर नेपालमा उत्पादन गरिएका कृषि उत्पादन संसारका कुनै पनि देशमा विक्री गर्न सक्ने अवस्था सिर्जना गर्न खोजेका हौं । भने नेपालका लागि आवश्यक कृषिका प्रविधि लगायतका कुरालाई पनि यसैका माध्यम प्रयोग गरी सहज रुपमा आयात गर्न सहज हुने छ । नेपालको लागि अर्को फाइदा भनेको यहाँ उत्पादन भएका बस्तु विश्व बजारमा एउटै मूल्यमा विक्री हुन सक्ने भएकाले किसानहरु वा उत्पादन गर्नेहरुलाई राम्रो हुन्छ । नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग ल्याउनका लागि पनि हामी लागि परेका छौं । नेपालका कृषि जन्य उद्योगहरु सञ्चालन गरी नेपाली किसानहरुले उत्पादन गरेका कृषि उपजको व्यवस्थापन गर्ने सोच हामीले लिएका छौं ।
० नेपाली कृषि क्षेत्रको विकासका लागि काम गर्दै हुनुहुन्छ, महासंघको एशिया कार्यालय नै नेपालमा स्थापना गर्ने योजना बनाउनु भएको छ नेपाल सरकारबाट के अपेक्षा गर्नु भएको छ त ?
हामी नेपालको कृषि क्षेत्रको विकास गर्नका लागि प्रविधि विस्तारदेखि बजारीकरण र बीउ उत्पादनसम्मका काम गर्न खोजिरहेका छौं जुन नेपाली किसानहरुलाई नै सिप सिकाउने हो । त्यसका लागि हाम्रा सदस्य तथा प्रशिक्षकहरुको लागि भिषा तथा बसोबासका लागि केही सहजीकरण गरिदिने हो भने अरु सवै काम महासंघकै तर्फबाट गर्ने थियों । नेपाल सरकारबाट हाम्रा सदस्यहरुको बसोबासका लागि सहज बनाईदिओस् । अरु देशको कुरा गर्ने हो भने महासंघको लागि सरकारले नै कार्यालयको व्यवस्था गरिदिएको छ नेपाल सरकारले पनि त्यस्तै गरिदिने हो भने हामी सवै काम गर्ने थियौं ।
० नेपालको कृषि क्षेत्रको कुरा गर्ने हो भने उत्पादनका लागि चीनसँग मिल्दो पनि देखिन्छ । हाईव्रिड बीउको कुरा गर्नु त्यो कसरी व्यवस्था गर्नु हुन्छ ?
अहिले हामीले नेपालमा कृषि कम्पीन शुरु गरे तुरुन्तै काम गर्ने योजना बनाएका छौं । दुई महिनाभित्र हामीले हाईव्रिड बीउ उत्पादन गरी परीक्षण गर्ने योजनामा छौं । नेपालको हावापानी सुहाउँदो र नेपाली किसानहरुलाई नै राखेर नयाँ प्रविधि सहितको हाइव्रिड बीउ उत्पादन गर्न सिकाउन खोजेका छौं । विश्वका किसानहरुलाई आफुले रोपेको बीउ धेरै फलोस् भन्ने हुन्छ हामीले यही ल्याउर बीउ उत्पादन तथा परीक्षण गर्न खोजेको पनि किसानलाई ढुक्क बनाउनका लागि हो । नेपाली किसानहरुलाई बीउको ग्यारेण्टी र उत्पादन पछिको बजारको जिम्मेवारी पनि हामी नै लिने छौं । हाम्रो उदेश्य भनेको किसानहरुले बढी भन्दा बढी प्रतिफल पाउन र विचौलियाको अन्त्य होस भन्ने हो ।
० त्यसको लागि के गर्नु हुन्छ त ?
नेपाली कृषि प्रधान देश भएको भएपनि कृषि उपज आयात गरिरहनु परेको छ । हामीले महासंघ मार्फत विभिन्न लगानी कर्तालाई यहाँ ल्याएर कृषि उत्पादन बृद्धि गर्ने र नेपाली कृषि उपज निर्यात गर्न सक्ने बनाउँछौं । नेपाली कृषि उपज विश्व बजारमा पु¥याएर नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याउन सक्छौं नेपालबाट कृषि बस्तु निर्यात गर्ने सक्ने र विदेशी मुद्रा आर्जन गर्न सक्ने बनाउनका लागि नै हामी अहिले आएका हौं ।
० नेपालको कृषि क्षेत्रको विकास लागि धेरै ठाउँ भ्रमण गर्नु भो सम्भावना देख्नु भो त ?
नेपालमा कृषि उत्पादनका लागि धेरै नै सम्भावना छ । उत्पादन गरेर निर्यात गर्न सक्छौं भन्नेमा हामी ढुक्क छौं विश्वको कही नभएको तीन किसिमको हावापानी र भौगोलिक अवस्था छ । तराई, पहाड हिमाल एउटै समयमा पनि विभिन्न कृषि उपजहरु उत्पादन गर्न सकिन्छ । यस्तो विश्वका कुनै पनि देशमा छैन । तर त्यसका लागि केही समय अनुसन्धान गर्नु पर्ने समयका आवश्यकता भने पर्दछ । अनुसन्धान र परीक्षणका लागि नेपाल सरकारले निश्चित ठाउँ तोकेर खेर गएका जग्गाहरु उपलब्ध गराईदिने हो भने हामीलाई सहज हुन्थ्यो । तराईमा हामी बेग्लै किसिमका कृषि उत्पादन गर्दछौं भने पहाडमा हामीले तरकारी तथा फलफूल जन्य बस्तुहरु उत्पादन गर्ने सोच बनाएका छौं त्यस्तै हिमाली क्षेत्रमा चीनमा समेत निर्यात गर्न सक्ने बस्तुवाली उत्पादन गर्ने सोचमा छौं यसले भविष्य उज्वल बनाउँछ भन्नेमा ढुक्क छौं ।

प्रकाशित मिति: सोमवार, माघ १४, २०७५