बिहिबार, बैशाख १३, २०८१

किसान आयोगको औचित्यमाथि प्रश्न गर्दा मन्त्री मौन ?

काठमाडौं, माघ । राष्ट्रिय किसान आयोगले आफ्नो दोसा्रो स्थापना दिवस मनाईहँदा आयोगको औचित्यतामाथि प्रश्न उठ्न थालेको छ । किसान आयोगले किसानहरुको पक्षमा खासै काम गर्न सकेन केवल भ्रमण र तालिममै सिमित रह्यो भन्ने प्रश्न स्थापना दिवसमा उपस्थित हुनेहरुको चित्त दुखाई थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका कृषि मन्त्री चक्रपाणी खनाललाई किसान आयोगको औचित्यता माथि पत्रकारहरुले राखेको जिज्ञासा उनले उदेश्य अनुरुप काम गर्न नसकेको स्वीकार गर्दै औचित्य नै नभएको विषयमा भने आफूले नबोल्ने बताए ।
मन्त्री खनालले आफूले मन्त्रालय सम्हालेको १० महिनामा रासायनिक मलको समस्या समाधान गरेको र दुग्ध किसानहरुको समस्याका रुपमा रहेका मिल्क होलिडे समाधान गरेको बाहेक अरु खासै उपलब्धी भने सुनाउन सकेनन् । किसान आयोगको विषयमा भने मन्त्री खनाल खुल्न चाहेनन् ।

प्रकाशित मिति: आइतवार, माघ ६, २०७५