बिहिबार, बैशाख ६, २०८१

कृषि मन्त्री र सचिवको टक्करले मन्त्रालय अस्तव्यस्त


हेटौडा, माघ । प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मन्त्रालयका सचिव विजयचन्द्र झालाई दूव्र्यवहार गरेको  भन्दै सचिव विजयचन्द झा मन्त्रालय जान छाडेका छन् । आफूले भने अनुरुपको संस्थालाई अनुदान दिने कार्यक्रम नल्याएको भन्दै  मन्त्री लामाले सचिव झामाथि अभद्र व्यवहार गरेको बताइएको छ । मन्त्रीले आफू माथि अभद्र व्यवहार गरेभन्दै काठमाडौं पुगेका सचिव झा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर दिन काट्न थालेका छन् ।
प्रदेश सचिव झा मन्त्रालय जान छाडेपछि उनको ठाउँमा निमित्त सचिवका रुपमा उपसचिवले काम गर्दै आईरहेका छन् । अहिले प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अस्तव्यस्त देखिएको छ ।
मन्त्री र सचिवको टक्करका कारण अहिले प्रदेश नं. ३ को मन्त्रालय सचिव विहिन बनेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०७५