शुक्रबार, चैत्र १६, २०८०

सचिवलाई हटाएर निमित्त मार्फत अनुदानको तयारी


काठमाडौं, माघ । प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई अनुदान बाँड्न हतार देखिएको छ । प्रदेश मन्त्रालयको कृषि सचिव मन्त्रालय जान छाडेपछि मन्त्रालयको चालु आर्थिक वर्षका लागि तय गरिएको अनुदानका कार्यक्रम वितरण गर्न धमाधम सूचना प्रकाशित हुन थालेको छ ।
मन्त्रालयले पौष २९ गतेको मितिमा एकैदिन चारवटा विषयगत क्षेत्रमा अनुदानका लागि प्रस्ताव आव्हान गरेको छ । जसअनुरुप बकेर्नो भैसी संरक्षण विशेष कार्यक्रत तथा भेडा प्रवद्र्धन कार्यक्रम, मिल्किङ्ग पार्लर स्थापना र सञ्चालन, मिल्क एनालाइजर वितरण दूध उत्पादन अनुदान कार्यक्रम, त्यस्तै मत्स्य पालन क्षेत्र विस्तारका लागि पोखरी निर्माण, उन्नत दानामा अनुदान तथा साना मत्स्य बजार प्रद्र्धन कार्यक्रम रहेको छन् ।
त्यस्तै चौंरी प्रवद्र्धन र भैसी सम्वद्ध व्यवसाय प्रवद्र्धनका लागि समेत प्रस्ताव आव्हान मागेको छ । मन्त्रालयका निमित्त सचिवले धमाधम मन्त्रीको निर्देशनमा प्रस्ताव आव्हान गरेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०७५