बुधबार, बैशाख १२, २०८१

पशुमा खोरेतको प्रकोप

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ का किसानले पालेका पशुमा खोरेत रोग देखिएको छ । मङ्सिर तेस्रो साताबाट फैलिएको रोगबाट हालसम्म पाँच पशु मरेको गाउँपालिकाका पशु शाखा संयोजक ऋषिराम दाहालले जानकारी दिए । साविक ढिकुरपोखरी गाविसअन्तर्गत सेराचौर, भीरमुनी लाकुरीबोट, सिम्पाली र माझथोकका किसानले पालेका ३० वटा पशुमा रोगको संक्रमण देखिएको दाहालले बताए  । रोग देखिएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन र रोकथामका लागि एक हजार ८०० पशुमा रोग प्रतिरोधात्मक खोप लगाइएको भनाइ उनको छ । खोरेत खुरफट्टा (गाई, भैँसी, बाख्रा, भेडाजस्ता खुर फाट्ने) जनावरमा जीवाणुको कारणबाट लाग्दछ ।

खोरेतको लक्षण देखिएको जनावरमा ज्वरो आउने, मुख र खुट्टामा घाउ हुने, ¥याल काढ्ने र झोक्राउने लक्षण देखिने पशु स्वास्थ्य प्राविधिक बताउँछन् । खोरेत फैलिएका क्षेत्रमा रोग पूर्णरूपमा नियन्त्रणमा नआउन्जेलसम्म पशु ओसारप्रसार नगर्न, दूध तथा मासु बिक्री वितरण नगर्न र गोठमा जैविक सुरक्षाका उपाय अवलम्वन गर्न गाउँपालिकाले कृषकसँग आग्रह गरेको छ ।-रासस

प्रकाशित मिति: बिहिबार, पुस १२, २०७५