शुक्रबार, बैशाख ७, २०८१

बढी नाफा कमाउनका लागि भण्डारण गृह

बागलुङ, पुस । आफूले उत्पादन गरेको कृषि उपज भण्डारण गरी सुरक्षित राख्ने ठाउँको अभाका कारण उचित मूल्य पाउन छाडेपछि किसानहरुले भण्डारण गृह निर्माण गर्न थालेका छन् ।
भण्डारण गृह निर्माण गरी उत्पादिन कृषि उपजलाई बमौसमका समयमा विक्री गर्दा निकै नै नाफा कमाउन सकिनेभएपछि बागलुङ नगरपालिका–८ सिगानाका किसानहरु भण्डारण गृह निर्माण गर्न जुटेका हुन् । सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आएको बताउँछन
। तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उनले भण्डारण गृह निर्माण गरेका हुन् ।
“अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले बिक्री गछौँ,” उनले भने । भण्डारण गृहमा १० टनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ । सुन्तलाको गुणस्तरका आधारमा छुट्टाछुट्टै राख्न मिल्छ । “बेमौसममा सुन्तलाको माग अत्यधिक हुन्छ, त्यसैले भण्डारण गृह निर्माण गरेको हुँ,” खड्काले भने । माटो, बालुवा र गिटीबाट निर्माण गरिएको भण्डारण गृहमा चार महीनासम्म सुन्तला भण्डारण गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०७५