शुक्रबार, चैत्र १६, २०८०

२५ वर्षदेखि घण्टौँ हिँडेर दूध बेचिरहेका छन्

बागलुङ, पुस । किसानहरुको पीडा जति नै चर्चा र बहस गरेपनि सकिँदैन । तर पनि किसानले दुख नगरी धरै छैन । यही पीडाका साथ आफ्नो कृषि कर्मलाई सक्रिय तुल्याईरहेका छन बागलुङ नगरपालिका–३ बोक्सेका ७० बर्षिया मातीलाल सापकोटाले । उनी विहान उज्यालो हुन नपाउँदै डोको मझेरीबाट डोको निकाल्छन् र डोकोमा दुधको भाँडो राखेर बजार निक्कन्छन् ।
यहीबाट उनको दिनचर्या शुरु हुन्छ । उनको यो दिनचर्याले २५ बर्ष काटिसकेकको यो दिनचर्याले २५ बर्ष काटिसकेकोछ । ४५ बर्षको उमेरदेखि निरन्तर २५ बर्ष यसरी नै दूध बोकेर हिडिहरेका छन सापकोटा । ७० बर्ष पगिसक्दा पनि उनीसँग त्यही ४५ बर्षै जोश जाँगर छ । त्यही जाँगर देखाईरहेका छन् ।
दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि बजारमै ल्याउने गरेका छन् । यसरी दूध र तरकारी विक्री गरी मासिक रु ५० हजार जति कमाउँछन् पनि ।
सापकोटाको घरमा तीन भैँसी छन् र चार रोपनी जग्गामा तरकारी खेती हुन्छ । “दैनिक १० लिटर दूध बेच्छु”, उनी भन्छन्, “दूधसँगै तरकारी पनि बेच्छु ।” बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठाकोठामा दूध पु¥याउने उनको नित्य कर्म नै हो । उनले बोेकर लगेको ताजा तरकारी अधिकांशले किन्ने गरेका छन् ।
बजारमा उनीसँग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महीनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा सापकोटा घरै पुग्नुहुन्छ र बाँकी दिन भैँसी र तरकारीबालीको रेखदेख तथा स्याहारमै बित्छ ।
साधारण खेती किसानी बाउबाजेबाटै सिकेका उनले दूध बेच्दा कमाइ बढी हुन थाले पनि भैँसीपालनलाई व्यावसायिक बनाएका थिए । “तीन÷चार वटा भन्दा धेरै भैँसी बढाएको छैन”, सापकोटा छन् । यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै आम्दानी भइरहेको छ ।”
गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँलगायत तरकारी उब्जाउ गर्दै आएका उनलाई टनेल बनाउन केही वर्षअघि साविकको जिल्ला कृषि विकास कार्यालयले अनुदान दिएको थियोे । केही समय काममा सघाउन एक मजदूर राखे पनि अहिले सापकोटा आफँैले सबै काम धान्दै आएका छन् “श्रीमती र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफँै खटिन्छु”, सापकोटा भन्छन्, “७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।” बुढ्यौलीमा पनि कृषि पेशाप्रति उनको लगाव देखेर अरु गाउँले पनि प्रेरित छन् ।
स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि पेशा नै गर्ने सापकोटाको अठोट छ । व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उनी कृषिमा टिक्न सफल भएका हुन् । “ सधँै हँसिलो, फूर्तिलो देखिनुहुन्छ, ग्राहकसँग गर्ने व्यवहार पनि राम्रो छ”, बागलुङ बजारकी कुमारी पौडेलले बताईन्, “ सापकोटाले ल्याउने दूधमा कुनै मिसावट छैन, तरकारी पनि ताजा हुन्छ ।”

प्रकाशित मिति: आइतवार, पुस ८, २०७५