शुक्रबार, चैत्र १६, २०८०

रत्ननगर नगरपालिकाले दियो गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर, पुस । स्थानीय सरकारका रुपमा रहेको रत्ननगर नगरपालिकाले आप्mनो अधिकारलाई निकै नै मजबुत बनाएको छ । अरु के गर्लान् मतलव छैन तर किसानहरुलाई प्रोत्साहन गर्ने भन्दै नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गरेका हुन् ।
सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको बताए ।
नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए । रत्ननगरमा वार्षिक छ हजार गाई भँैसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब दुई हजार गाई भैँसी ब्याउने गरेको उनको भनाइ थियो ।
साथै चिकित्सा शिक्षा दिने शिक्षण संस्थालाई न्यूनतम मापदण्ड पूरा गरेर मात्र भेटेनरी डाक्टरको कार्यक्रम गर्नुपर्ने, भेटेनरी सेवाको क्षमता विकास गर्न यसको सेवालाई उच्च प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पशुपालकको गोठदेखि केन्द्रसम्मको तह भएको सङ्गठनात्मक संरचनामा सुदृढीकरण गर्न माग राखेको छ ।

प्रकाशित मिति: आइतवार, पुस ८, २०७५