शुक्रबार, चैत्र १६, २०८०

साना किसानले लिएको करीव एक अर्व ऋण मिनाहा

काठमाडौं, मंसिर । कृषि विकास वैंकबाट साना किसानहरुले लिएको करीव १ अर्व ऋण सरकारले मिनाहा गरेको छ । सञ्चार मन्त्रालयको आयोजित साप्ताहिक पत्रकार सम्मेलनका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले सो कुरा बताएका हुन् ।
गत विहीबार बसेको मन्त्रीपरिषदको वैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले साना किसानले लिएको ऋण मिनाहा गर्ने निर्णय गरेको बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०७५