बिहिबार, चैत्र १५, २०८०

राज्यमन्त्रीले गरिन् सिट छड्के, सचिव सहसचिव नै अनुपस्थित

काठमाडौ, मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा विहिबार ११ बजे कृषि राज्य मन्त्री रामकुमारी चौधरीले कर्मचारीहरु कार्यस्थलमा रहे नरहेको भन्दै प्रत्येक कर्मचारीहरुको हाजिरी तथा कार्यकक्षमा सिट छड्के गरेकी छिन् । राज्यमन्त्रीले गरेको सिट छड्केका करीव ३ दर्जन कर्मचारी आफ्नो सिटमा नरहेको र हाजिर समेत रहेको राज्य मन्त्रीको सचिवालयले जनाएको छ ।
राज्यमन्त्रीले गरेको हाजिर तथा सिट छड्केमा कृषि सचिव डा. युवकध्वज जीसी नै परेका छन् । त्यस्तै गरी प्रशासन महाशाखाका सहसचिव रघुराम विष्ट, ईश्वरप्रसाद रिजाल एवं तेजबहादुर सुवेदी पनि सो छड्केमा परेका छन् ।
राज्यमन्त्रीले सचिव, सहसचिव कै हाजिर र सिट छड्के गरेपनि मन्त्रालयका त्रास फैलिएको थियो । राज्यमन्त्रीले सिट छड्के गर्दा सचिव युवकध्वज जिसी भने खाद्य प्रविधि तथा गुण निन्त्रण विभागको कार्यक्रममा प्रमुख अतिथिका रुपका सहभागी भएका थिए ।
को को कर्मचारी छड्केमा परे भन्ने बारे मन्त्रालयका प्रवक्ताले त्यसबारे आफूलाई कुनै पनि जानकारी नभएको बताए । तर उनी आपैm राज्यमन्त्रीले गरेको सिट छड्केमा परेका थिए । राज्यमन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत पद्मा पोखरेले सिट छड्के गरिएको र सिटमा नहुनेलाई स्पष्टिकरण सोधिन लागेको बताए पनि छड्केमा पर्ने कर्मचारीको नाम भन्न नमिल्ने बताइन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०७५