शनिबार, बैशाख ८, २०८१

सहकारीले ग¥यो किसानलाई सम्मान

कास्की, मंसिर । पोखरा महानगरपालिका–२१ रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो तेह्रौ वार्षिक साधारणसभाको अवसरमा किसानलाई सम्मान गरेको छ । सो क्षेत्रमा व्यवसायिक कृषिमा सक्रिय रही कृषि कार्यमा लागि उत्कृष्ट बन्न सफल चार जना किसानलाई सहकारीले सम्मान गरेको हो । उद्यामशीलताका माध्यमबाट व्यावसायिक कृषिको प्रयोग गर्दै समाजमा उदाहरणीय बन्न सफल भएको भन्दै सहकारीले स्थानीय नवराज सुवेदी, उदयराज पोखरेल, यमप्रसाद गौतम र गङ्गामाया भण्डारीलाई नगदसहित सम्मानपत्रले सम्मान गरेको छ ।
सम्मानित चारै जनाले साना किसान कृषि सहकारीबाटै कृषि ऋण लिई पशुपालन, व्यावसायिक तरकारी तथा फूलखेती गरी मनग्य आम्दानी गर्दै समाजमा अनुकरणीय बन्नुभएको भन्दै सम्मान गरेको सहकारीले जनाएको छ ।
कृषकलाई सम्मान गर्दै पोखरा–२१ वडाध्यक्ष खगराज आचार्यले व्यावसायिक कृषिका क्षेत्रमा लाग्ने जो कोहीलाई वडाका तर्पmबाट सक्दो सहयोग गर्ने बताए । कृषिमा परम्परागत शैली त्याग्दै आधुनिक विधि र प्रविधि अपनाउनु पर्नेमा जोड समेत उनले जोड दिएका थिए ।

प्रकाशित मिति: सोमवार, मंसिर २४, २०७५