शुक्रबार, चैत्र १६, २०८०

शाहाकारी भन्दै पनिर खाँदै हुनुुहुन्छ सावधान !

काठमाडौं, मंसिर । पछिल्लो समयमा शाहाकारीहरुको संख्या बढ्दै गईरहेको छ । आफूलाई शाहाकारी भोजनकर्ता रुपमा धेरैले प्रस्तुत गर्दै पनि आईरहेको देखिन्छ । तर शाहाकारी भोजन गर्नेहरु पनि सावधान रहनु पर्ने भएको छ । हरिया सागपात खाँदै हुनुहुन्छ भने त त्यसमा विषादीको मात्रा कति धेरै छ भनेर भन्नु पर्ने नै छैन । त्यस्ता बजारबाट ल्याइएका सागपात तर हरिया तरकारी मनतातो नून पानीमा १० मिनेट मात्र डुवाएर राख्नु भयो भने पनि विषादीको मात्रा निकै नै कम हुन्छ ।
तर यहाँ चर्चा गर्न खोजिएको प्रसंग भने शाहाकारी भोजन गर्नेृहरुले दुधको परिकारका रुपमा प्रयोग गर्दै आईरहनु भएको पनिरको हो । पछिल्लो समयमा प्रति केजी ६ सय रुपैँया तिरेर शाहाकारी व्यक्तिहरुले पनिर किनेर खाईरहनु भएको छ । रेष्टुराँ जाँदा होस् या भोजमा जाँदा पनि मांशाहारी बस्तु तर्फ आखै नलगाई पनिर तिरै ध्यान केन्द्रित गर्ने गर्नु भएको छ भने अव सावधान रहनुस्।
बजारमा पाइने पनिर शुद्ध दूधबाट बन्न छाडेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा उपभोक्ताहरुले गुणस्तरहीन पनिरको प्रयोग गरिरहनुपरेको छ ।
डेरीहरुले उत्पादन गरेको पनि स्वास्थ्यका लागि उचित देखिएको छैन । बजारमा बखेल्तै रहेका डेरी पसलहरुले कास्टिक सोडा, म्याद गुज्रिन लागेको धूलो दूध लगायतका अखाद्य बस्तुहरु मिसावट गरी पनिर उत्पादन गर्ने गरेको तथ्य खुलेको छ । खाद्य प्रविधि गुण नियन्त्रण विभागले यस तर्फ चासो दिएको पाईँदैन । पनिर खरिद गर्नु भन्दा अगाडि उपभोक्ता आपैm सचेत हुनु के ?

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७५