शुक्रबार, चैत्र १६, २०८०

खाद्य सुरक्षाको लागि बेलैमा सचेतना आवश्यक

बुटवल, कात्तिक । प्रदेश नम्बर ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री आरती पौडेलले किसानबाट आएको सल्लाह सुझावलाई अक्षरांस पालन गर्दै अगाडी बढ्ने बताएकी छिन् ।
हाम्रो पहलः भोकमुुक्त विश्व–२०३० भन्ने मुल नाराका साथ प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटवलमा सम्पन्न ३८ औ विश्व खाद्य दिवसलाई सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
उनले सबैको साझा पहलबाट मात्रै प्रदेश समृद्धिको आधारहरु खडा हुने भन्दै त्यसका लागि किसानदेखि ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ कृषि विकास निर्देशनालयकी प्रमुख डा. शान्ता कार्कीले खाद्य संप्रभुताको लागि विद्यमान नीति, कार्यक्रम र भावि योजनाको विषयमा र प्रदेश नम्बर ५ को खाद्य सुरक्षा स्थीति , विश्लेषण, चुनौती र संभावनाको विषयमा विश्व खाद्य कार्यक्रममका पन्नलाला महर्जनले र प्रदेश नम्बर ५ का खाद्य सुरक्षा प्रर्वद्धनमा कृषि अनुसन्धानको भुमिका विषयमा राष्ट्रिय गहुवाली अनुसन्धान कार्यक्रम भैरहवाका शेष रमण उपाध्ययाले कार्यप्रत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ३०, २०७५