शनिबार, बैशाख ८, २०८१

विषादीलाई औषधी होइन विष कै रुपमा बुझ्नु पर्ने

काठमाडौं, कार्तिक । प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले विहिबार विषादी आयातकर्ता र विषादी छकर्ने व्यवसायीहरुसँग समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । खाद्य एंवम तरकारी बालिमा विषदी प्रयोग न्युनिकरण गर्ने उद्देश्यले विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको केन्द्रले विषादी आयातकर्तालाई थप जिम्मेवार बन्न प्रेरित होस भनि अन्तरक्रियाको आयोजना गरेको होे ।
कार्यक्रममा विषादी आयातकर्तालाई भन्सारमा लाग्ने करको प्रकृयाका विषय माथि छलफल केन्द्रित थियो । अन्तरक्रियामा कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिजालले विषदी व्यवस्थापनको प्रमुख कडी नै विषादी आयातकर्ता र खुद्रा विक्रेता भएकाले यस क्षेत्रमा आवद्ध सबैले व्यवस्थापकिय पक्ष हेर्नु आवश्यक रहेको बताए । विषादी प्रयोग व्यवस्थापनकालागि कानुनी पक्ष पनि बलियो भएकाले सामाजिक उत्तरदायित्व सहि तवरबाट वहन गर्दा विषदी व्यवस्थापनको पाटो जटिल नभएको उनको धारणा थियो । अन्तरक्रियाका क्रममा विगतको अवस्था र अहिलेका उपलब्धिको चर्चा गर्दै उनले पहिले भन्दा अहिले विषदी व्यवसायीहरु समेत सचेत देखिनुभएको बताए ।
कार्यक्रममा विषादी प्रयोग न्युनिकरणका क्षेत्रमा हालसम्म भएका काम कारबाहीबारे जानकारी गराउदै प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले विषादी प्रयोगमा आवद्ध सबैले विषादीलाई औषधिको रुपमा नभई विषकै रुपमा बुझ्नु आवश्यक रहेको बताए । उनले काठमाडौँ लगायत देशैभर विषादी प्रयोगको मात्रालाई घटाउन विभिन्न काम भैरहेको भन्दै हाल मैजुद जीव नाशक विषादी ऐन २०४८ लाई परिमार्जन गरि नयाँ ऐन बनाउने प्रकृया समेत भैरहेकाले अब थप प्रभाकारी कदम चाल्ने बताए । व्यवस्थापक वा नियामक निकायले विषादी नियन्त्रणका क्षेत्रमा धेरै कामहरु गरेतापनी अझै प्रभावकारी काम गर्नु आवश्यक रहेको अन्तरक्रियामा सहभागि विषादी आयातकर्ताका प्रतिनिधिहरु र खुद्रा विक्रेताका प्रतिनिधिहरुको धारणा थियो ।
विषादी आयातसँग आवद्धहरुका समस्या र उनिहरुले विषादी व्यवस्थापनका क्षेत्रमा खेल्दै आएका भुमिकाहरुबारे जानकारी गराउदै विषादी व्यवसायी संघ नेपालका वरिष्ठ उपाध्यक्ष गणेश बानियाले भन्सारमा लाग्ने करको विषय चाँडो टुग्याउन आग्रह गरे । विषादी विक्रेताको क्षमता अभिवृद्धीकालागि थप कदम चाल्न आवश्यक रहेको समेत उनले औल्याए । विषादी व्यवस्थपान नगरे मानव स्वास्थ्यमा देखा परिरहेका समस्यालाई न्युनिकरण गर्न सकिदैन । खद्यन्न नै मन्द विषका रुपमा उभिरहेको छ । स्थिति खराब बन्दै गएका बेला विषादीसँग सरोकार राख्ने सम्पुर्णले एक भएर स्वस्थ बालि उत्पादन गराउनु अहिलेको मुख्य आवश्यकता हो । यसकालागि एकिकृत योजना बनाऔँ । अन्तरक्रियामा सहभागिहरुको मत थियो ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ३०, २०७५