शुक्रबार, चैत्र १६, २०८०

कहिले हट्छ कालीमाटी बजारमा गैरकानूनी स्टल ?

काठमाडौं, कार्तिक । पीँध नताती वीँड तात्न खोज्यो भने के होला ? हो त्यस्तै भएको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कालीमाटी तरकारी फलफूल तथा तरकारी बजारको अवस्था । करीव ४ महिना अगाडि दलबल सहित कालीमाटी तरकारी बजारमा रहेको सिण्डिकेट हटाउने अभियानमा मन्त्री खनाल जुटे । तर उनी मातहतका निकाय जुट्न सकेन । अर्थात माथिको उखान जस्तै बींड तात्यो तर पीँध तातेन ।
गैरकानूनी रुपमा अहिले पनि बजारभित्र स्टल सञ्चालन भईरहेका छन् । भाडामाथि भाडा लगाएर खाने गरिएको कालीमाटी तरकारी बजारको सिण्डिकेट हटाउने कृषि मन्त्री चक्रपाणी खनालको सपना अहिले अधुरै छ । बजारमा चर्को मूल्यमा विचौलियाले भाडामा लगाएको स्टल मध्ये ५७ वटा स्टल हटाउने निर्णय मन्त्रालयले गरेको थियो । ‘२३ वटा स्टलले अदालतमा स्टे अर्डर लिएर आए र आप्mनो व्यवसाय निरन्तर चलाईरहेका छन्’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं समितिका अध्यष समेत रहेका तेजबहादुर सुवेदीले बताए ।
स्टे अर्डर लिएर नआएका ३४ वटा व्यवसायीहरुले अहिलेसम्म पनि पसल सञ्चालन गरिरहेकाा समेत बताए ।
३४ व्यवसायीहरुले समितिलाई बुझाउनु पर्ने भाडा पनि बुझाएका छैनन् भने गैरकानूनी रुपमा कवल सञ्चालन गरिरहेका छन् । कसरी भन्ने प्रश्नमा बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ‘पटक पटक ताकेता गर्दा पनि जर्वजस्ती रुपमा बसिरहेको बताए’ ।
जर्वजस्ती रुपमा कालीमाटी तरकारी बजारमा स्टल सञ्चालन भईरहँदमा पनि सम्वन्धित निकाय मौन रहेको देखिन्छ । एकातिर कृषि मन्त्री जुनसुकै हालतमा पनि सिडिण्केट तोड्ने बताउने अर्कोतिर बजार समितिले वेवास्ता गरिरहेको देखिन्छ ।
आखिर किन यस्तो भईरहेको छ ? समितिका अध्यक्ष तेजबहादुर सुवेदी भन्छन् ‘यो सवै मिल्दै जाने कुरा हो विस्तारै मिल्ला’ । त्यसो भए के कालीमाटी तरकारी बजार भित्रको सिण्डिेकट कृषि मन्त्रीले भने जस्तै अन्त्य हुन सक्ला ? कि त्यो पनि विस्तारै मिलाउँदै जाने हो । चार महिनाका अवधिमा पनि मन्त्रालय मौन बस्नुको कारण के होला ? समिति भित्र भाडा नै नतिरी व्यवसाय सञ्चालन गर्ने अनुमति कसले दियो ? भाडा कसले असुली रहेको छ ? यस तर्फ सरोकारवाल निकायले अलि चासो लिनु आवश्यक छ । अहिले मात्र होइन । विगत ३ वर्षदेखिको समितको स्टल भाडा रकम कसरी उठाइएको छ ? र दर कति छ सार्वजनिक गर्नु आवश्यक छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २७, २०७५