शुक्रबार, चैत्र १६, २०८०

लोकतन्त्र जातको धानमा दाना नै नलागेपछि

पर्वत । सवैतिर धान थन्क्यार तिहारको चटारोमा किसानहरु रहेका बेला फलेवासका किसानहरुलाई भने चिन्ताले घेर्न थालेको छ । वारीपारीका किसानहरुले आफ्नो खेतको धान पाकेर थन्क्याउने तयारी गरिरहँदा आफ्नो खेतको धानमा बाला नलागेपछि किसानहरु चिन्तामा छन् । फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् ।
फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेर लगाइएको लोकतन्त्र जातको धानमा बाला नै लागेन । नगरपालिकाको कृषि शाखाले अन्य धानको जात भन्दा लोकतन्त्र जातको धान दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको थियो । दोव्वर फल्ने आशामा किसान नगरपालिकाले अनुदानमा दिएको लोकतन्त्र जातको धान लगाउन हौसिए पनि । तर अहिले धानमा बाला नलागेपछि किसान इन्तु न चिन्तुमा परेका छन् । स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । तर उन्नत जातको भनिएपनि बोटमा बाला समेत नलागेपनि किसानहरु चिन्तामा छन् । उनीहरुको छ महिनाको मेहनत र लगानी समेत डुवेको छ ।
सो क्षेत्रका स्थानीय किसान पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाल लगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए । उनीहरुले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका थिए । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै नगरपालिकामा कार्यरत कृषि प्राविधिकले सो अनुदानको धान लगाउन सिफारिस समेत गरेका थिए ।
लोकतन्त्र जातको धान नफलेको जिज्ञासामा नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलले लोकतन्त्र धान उपल्लो भेगमा नफल्ने बताए । उनका अनुसार तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै सो जातको धानले राम्रो फल दिने उनको भनाई थियो । तर पर्वतको “प

प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०७५