शुक्रबार, चैत्र १६, २०८०

वर्तमान सरकार नटिक्ने किसान आयोगका अध्यक्षको दावी


काठमाडौं, असोज । वर्तमान सरकारले किसानका पक्षमा काम गर्न नखोज्ने र कृषि विकास रणनीति (एडिएस) कार्यान्वयन नगर्ने हो भने सरकारले लामो समयसम्म नटिक्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले दावी गरेका छन् ।
आयोगको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले कृषि क्षेत्रमा नयाँ ढंगले अगाडि बढन् नसक्ने हो भने अन्य सरकार जस्तै यो सरकार पनि विगतकै सरकारको हविगतमा पुग्ने बताएका छन् ।
कार्यक्रममा किसान आयोगका सदस्य भानुभक्त सिग्देलले कृषि विकास रणनीति (एडिएस) असफल बनाउनका लागि केही तत्व (कर्मचारीतन्त्र) मरिहत्ते गरेर लागेको समेत खुलासा गरेका छन् । कर्मचारीतन्त्रकै कारण किसान आयोगको क्षेत्राधिकार समेत खुम्चिएको उनले बताए ।
निकै संघर्ष गरेर स्थापना गरिएको किसान आयोगलाई ध्वस्त बनाउने र आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजिरहेको समेत सिग्देलले आरोप लगाए ।

प्रकाशित मिति: सोमवार, अशोज २२, २०७५