शुक्रबार, चैत्र १६, २०८०

तरकारी बालीको विकासमा प्रविधिको प्रयोग


अरुण काफ्ले
प्रमुख
तरकारी बाली विकास केन्द्र

० पछिल्लो समयमा व्यवसायिक तरकारी खेती तर्फ आकर्षण बढ्दै गईरहेको छ, संघीय संरचना अनुरुप नै जिम्मेवारी समेत दिईसकेको अवस्था कार्य सम्पादन कसरी हुँदैछ ?
वर्तमान अवस्था कार्यालय तथा सेवा प्रवाहको लागि संक्रमणकालिन अवस्था भएको र विशेष गरेर कृषिका कार्यहरु विगतमा गाउँ स्तरमा सेवा केन्द्र जिल्ला स्तरमा जिल्ला कृषि तथा पशु विकास कार्यालय क्षेत्र स्तरमा समन्वयको लागि क्षेत्रिय कार्यालय र नीति निर्माण तथा कार्यक्रम सहजीकरणमा केन्द्रीय स्तरमा निर्देशनालय विभाग तथा मन्त्रालयहरु मार्फत भइआएको सन्दर्भममा हाल उपरोक्त ब्यवस्था खारेज भइ स्थानीय निकाय प्रान्तिय सरकार र केन्द्रीय सरकारका आ आफ्नै निकायहरु गठन तथा कर्मचारी परिचालन र सेवा प्रवाह गर्ने कार्यहरु प्रारम्भ भएको र कृषिका धेरैजसो निकायहरु नरहने लगभग निश्चित भएको सन्दर्भमा प्रभावकारी सेवा प्रवाहमा केही समय असहजता हुने निश्चित छ तर स्थानीय निकाय एवं प्रान्तिय एवं संघीय सरकारले आफ्नो क्षेत्रभित्र सेवा प्रवाहको लागि संविधान प्रदत्त अधिकारको प्रयोग गरी सेवा प्रवाह गर्न सक्ने व्यवस्था भएको सन्दर्भमा भविष्यमा कृषिका सेवा प्रभावकारी हुने आश गर्न सकिने देखिन्छ ।
० त्यसो भए आधुनिक प्रविधिको बारेमा किसानले कसरी जानकारी प्राप्त गर्न सक्छन् त ?
अहिलेको व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकामा कृषि शाखा रहने ब्यवस्था भएको तथा प्रदेशमा कृषि ज्ञान केन्द्र, फार्म केन्द्र तथा संघमा रहेका राष्ट्रिय केन्द्र तथा फार्म केन्द्र प्रयोगशालाहरु मार्फत किसानले प्राविधिक जानकारी लिन सक्ने छन् । यसका अलावा हाल सुचना तथा सन्चार प्रणालीको उपयोगवाट विभिन्न अफिसका वेभ पेज फेसवुक पेज आदिमा पनि प्राविधिक जानकारी पाउन सकिन्छ । हामीले पनि किसानलाइ प्रविधिको जानकारी होस् भनेर मोवाइल एप्लिकेसन (गोलभेडा, लहरे तरकारी, कौशी खेती बारे तयार गरेको र अन्य वालीको समेत तयार गर्दै जाने सोच बनाएका छौं । यसका फार्म ब्यवस्थापन सफ्टवेयर मार्फत लागत र आम्दानीको हिसाव राखी सोही अनुसार किसानलाइ जानकारी दिने गरेका छौ । किसानहरुलाइ सजिलो होस् भनेर विभिन्न प्रविधिका प्राविधिक पुस्तिका समेत यस कार्यालय लगायत अन्य फार्म, नेपाल कृषि अनुसन्धान परिषद् तथा राष्ट्रिय केन्द्रले समेत तयार गरी वितरण गर्दै आएका छन् । साथै निजी सेवा प्रदायकहरुले समेत प्रविधि विस्तारमा सेवा टेवा पु¥याउँद आएका छन् ।
० सफल कृषि व्यवसायी बन्छु भन्ने सोच राखेका किसानहरुले के गर्नु पर्ला त ?
सफल ब्यवसायी बन्न कुनै विषयमा लगानी गर्नु अगाडि त्यसको बारेमा विस्तृत जानकारी लिन जरुरी छ । जस्तै ब्यवसायिक रुपमा गोलभेडा खेती गर्ने किसानले मूल्य श्रृङ्खलाको अध्ययन गरी आफुलाई आबश्यक पर्ने उत्पादनका सामाग्री (बीउ मल बिषादी उत्पादन संरचना आदि), उत्पादन प्रविधि तथा सो प्रविधिको स्थान विशेष उपयुक्तता, बजारमा माग हुने गोलभेडाको प्रकार (सलाद, तरकारी, अचार वा अन्य प्रशोधन) बजारको एक बर्ष भरिको मूल्य उत्पादनमा संलग्न कृषक संख्या उत्पादनको परिमाण उपभोक्ताको माग तथा रुची, बजारीकरण रणनीति आदि जस्ता कुराको जानकारी लिइ बल्ल व्यवसायिक योजना अनुसार कार्य प्रारम्भ गरेमा मात्र सफल ब्यवसायी बन्न सकिन्छ ।
० फार्मको स्थानीय तहसम्म विस्तार र कस्तो अबस्थामा कृषि प्रविधि किसानकोमा सहज रुपमा पुग्दछ ?
वर्तमान संरचना अनुसार फलफूल र तरकारीका २१ वटा फार्म मध्ये ९ वटा संघीय सरकार अन्तर्गत र वाँकी १२ वटा प्रान्तिय सरकार अन्तर्गत रहने व्यवस्था गरिएको छ । फार्मको स्थानीय तह सम्म विस्तारको लागि कार्यक्षेत्रको विस्तार गर्न जरुरी हुन्छ जुन अहिलेको यस फार्मलाइ कार्यविवरण अनुसार हुन सकेको छैन । तर फार्मले गरिने कार्य जस्तै वीउ तथा बेर्ना उत्पादन तालिम एबं प्राविधिक सेवा भनेका स्थानिय कृषक लक्षित नै हुन् । यदि फार्महरुलाइ स्रोत केन्द्रको अलावा कृषि प्रसारका कार्यहरुको समेत थपि भविष्यमा प्रविधिका अनुसरणात्मक प्रदर्शन (ब्मयउतष्खभ तचष्बकि) र प्रविधि प्रसारका कार्यहरु समेत गराउन सके स्थानीय तहसम्म सेवा विस्तार गर्न सकिन्छ । जहाँसम्म स्थानीय सरकारसम्म फार्म विस्तारको कुरा छ संबिधानत ः सुशासन र सेवा प्रवाहमा अन्य सरकार सरहको अधिकार स्थानीय निकायहरुलाइ समेत भएको सन्दर्भमा स्थानीय निकायको आवश्यकता तथा चाहना अनुसार विस्तार गर्न सकिने संभाबना भने नकार्न सकिदैन । कृषि प्रविधिको विस्तारमा म्ययच तय म्ययच कभचखष्अभ अहिलेको समयमा लागत तथा जनशक्ति हिसाबले संभब नभएको तथा प्रत्येकका हातमा मोबाइल तथा इन्टरनेट सेवा भइ सकेको सन्दर्भमा सूचना प्रविधिमा आधारित सफ्टवेयर तथा सूचना आदान प्रदानका माध्यमवाट प्रविधि प्रसारमा सहजता पुग्ने देखिन्छ ।
० त्यसो भए तपाईहरुले के के गर्दै हुुनुहुन्छ त ?
त्यसका लागि हामीले तरकारी बालीको जातीय संरक्षण एवं सम्वद्र्धन गर्ने, तरकारी बालीको विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा केन्द्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रलाइ पृष्टपोषण सम्वन्धी कार्य गर्ने, तरकारी बालीको बीउ तथा बेर्ना उत्पादन तथा वितरण गर्ने, तरकारी बाली उत्पादन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाइ तालिम प्रदान गर्ने, सम्वन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने, तरकारी बालीको विकास सम्वन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसंग समन्वय एवं सहकार्य गर्ने, फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने, सम्वन्धित विषयको समस्या समाधानका लागि स–साना कार्यमुखी (ब्अतष्यल यचष्भलतभम) अध्ययन परीक्षण संचालन गर्ने, तरकारी बालीको विकास सम्वन्धमा राष्ट्रिय श्रोतकेन्द्रको रुपमा कार्य गर्ने काम अगाडि सारिरहेका छौं ।

प्रकाशित मिति: सोमवार, भदौ २५, २०७५