शुक्रबार, चैत्र १६, २०८०

कृषि विकास मन्त्रालयमा सहसचिवहरु हेरफेर

काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत कार्यरत सहसचिवहरुको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयमा मातहतमा सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका प्रमुख गोविन्द शर्मालाई मन्त्रालय तानिएको छ । त्यस्तै प्रदेश नं. ७ मा काज खटाइएका दुर्गाप्रसाद दवाडीलाई भने प्रदेशबाट राष्ट्रिय किसान आयोग ल्याईएको छ । किसान आयोगमा रहेको ताराकुमार श्रेष्ठलाई भने कृषि विभागको उपमहानिर्देशकका रुपमा जिम्मेवारी हेरफेर भएको गरिएको छ ।

मन्त्रालयमा कार्यरत उपसचिवहरुको पनि व्यापक जिम्मेवारी हेरफेर भएको छ । उपसचिवको जिम्मेवारीमा गरिएको हेरफेरमा एकलौटी ढंगले गरिएको र विभेदपूर्ण तरिकाले सरुवा समेत गरिएको आरोप कर्मचारीले प्रशासनलाई लगाएका छन् । विभेदपूर्ण तरिकाले सरुवा गरिएको भन्दै उपसचिव तथा आशा अधिकृत सरहका
कर्मचारी आक्रोशित भएका छन् । सो विषयमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव रघुराम विष्टसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति: सोमवार, भदौ २५, २०७५