काठमाडौं, भाद्र । रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा लुम्बिनी एग्रो एण्ड रिसर्च फर्म सञ्चालन गर्दै आएका नेपालको सवैभन्दा ठूलो गाई फार्म सञ्चालन गरी व्यवसायी पशुपालक किसानका रुपमा चिनिएका शशी शर्मा पौडेल जनसेवा श्री पदबाट सम्मानित भएका छन् ।
जनसेवा श्री सम्मानबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गरेकी हुन् ।
करीव एक दशकदेखि रुपन्देहीमा करीव पाँचसय गाई पालन गरी नेपाली कृषि क्षेत्रमा आफूलाई फरक रुपमा उभ्याएका पौडेल यस अघि विकास रत्न पदकबाट पनि विभूषित भएका छन् । साथै उनी उत्कृष्ट राष्ट्रपति किसान सम्मानबाट समेत सम्मानित भईसकेका व्यक्ति हुन् ।
नमूना गाई फार्म सञ्चालन गरेर बसेका उनले फार्ममा राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, अन्य मन्त्री, मुख्य सचिव लगायत नेपाल सरकारका उच्च ओहोदाका कर्मचारी मात्र नभई विदेशी कुटनीतिक नियोगका उच्च अधिकारीहरु समेत सो गाई फार्ममा भ्रमण गरिसकेका छन् ।
पौडलेको गाई फार्मलाई गाईपालन गर्ने युवाहरुले विद्यालयका रुपमा समेत लिने गरको छन् ।
गाईपालक पौडेललाई जनसेवा श्री पदक

Add Comment