शनिबार, बैशाख ८, २०८१

विमस्टेकमा कृषिका कुरा :सहज छ ?

काठमाडौं, भाद्र ।काठमाडौंमा सम्पन्न चौथौ विमस्टेकको सम्मेलनमा कृषि कुरा गजवसँग नै उठेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि कुरालाई जसरी प्राथमिकता दिएर विषयबस्तुको उठान गरेकाछन् । साही अनुरुप कृषि क्षेत्रको विकास होला ? हुन त विमस्टेक सदस्य राष्ट्रहरुको समग्र कृषि क्षेत्र हेर्ने हो भने थाईल्याण्डदेखि भूटानसम्मले पनि आफूलाई कृषि क्षेत्रमा अग्रगतिमा नै लिएर हिँडेका छन् । तर नेपालको सन्दर्भमा भन्ने हो कामभन्दा कुरा धेरै हुने गरेको तथ्यलाई नकार्न सकिँदैन । यद्यपी कृषि क्षेत्रभित्र पनि विशेष बस्तु वा वालीलाई प्राथमिकता दिएर कृषि उत्पादनलाई जोड दिँदै नेपालले पनि नेपाल सरकारकै लगानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको छ ।
परियोजना सञ्चालनमा आएको करीव दुई वर्ष पुग्न लाग्दा पनि प्रभावकारी ढंगले काम हुन सकिरहेको देख्न सकिँदैन । यो अवस्थामा विमस्टेकमा उठेका खाद्य सुरक्षा र कृषि उत्पादन र विमस्टेक सदस्य राष्ट्रहरुले उत्पादन गरेका कृषि उपजको अन्र्तदेशिय बजारीकरणका लागि कति सहज होला ?
नेपालकै पूर्वी पहाडमा उत्पादन गरिएका अलैंची, अदुवा, चिया लगायत कृषि उपज छिमेकी भारतमा सहज रुपमा निकासी हुन सकेको छ कि छैन भन्ने कुरा गहन रुपमा छलफल र वहश चल्नु पर्दथ्यो विमस्टेकमा पनि । तर त्यसो हुन सकेन । अहिले भनेजुएलामा देखिएका खाद्य संकट किन भयो भोली विमस्टेक सदस्य राष्ट्रहरुमा त्यस्ता दिन आउने सम्भावना कति नजिक पुगिरहेको छ भन्ने सन्दर्भलाई पनि मूल्यांकन गर्नु आवश्यक छ ।
तसर्थ विमस्टेक वैठकमा छलफलका लागि कुरा उठाउनु वा भाषण गर्दा कृषि क्षेत्रलाई निकै नै प्राथमिकता दिनु ठूलो कुरा होइन । त्यस्ता कुरालाई कार्यान्वयन ल्याउनु महत्वपूर्ण कुरा हो । त्यसैले विमस्टेकमा कृषिका कुरा भए ती कुरा कार्यान्वयनमा पनि आओस् ।

प्रकाशित मिति: सोमवार, भदौ १८, २०७५