शनिबार, बैशाख ८, २०८१

अर्गानिक प्रदेश बनाउने भन्दै साँढे दुई अर्व बजेट

सुर्खेत, भाद्र । प्रदेश नं. ६ अर्थात कणाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा परिचित गराउनका लागि भन्दै प्रदेश सरकारले अर्गानिक उत्पादन बृद्धि गर्नका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/७६ का लागि २ अर्व ५५ करोड ३२ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको बजेटमा कृषि, पूर्वाधार विकास कार्यक्रमलाई मात्र ३५ करोड विनियोजन गरेको देखिन्छ । त्यस्तै अर्गानिक मोडलका लागि भन्दै १२ करोड ५० लाख, एक निर्वाचन क्षेत्र र एक पकेट कार्यक्रमका लागि १२ करोड, एक जिल्ला दुई पकेट क्षेत्र कार्यक्रमका लागि १० करोड, हाइटेक नर्सरी स्थापनका लागि २४ करोड विनियोजन समेत गरेको छ ।
प्रदेश मन्त्रालयले विनियोजन गरेको बजेटमा कृषि उपज संकलन केन्द्र, माछामासु तथा दुग्ध प्रवद्धन कार्यक्रमका लागि २ करोड छुट्याएको छ । त्यसै गरी फलफूल प्रवद्र्धन कार्यक्रममा दुई करोड, नगदे वाली विकास कार्यक्रममा तीन करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै मन्त्रालयले सल्यानको कपुरकोट र सर्खेतको हर्रेमा विषादी प्रयोगशाला निर्माण समत गर्ने भएको छ । जसका लागि २ करोड बजेट छुट्याएको छ । बजेटमा अर्गानिक कृषि अनुसन्धान केन्द्र स्थापनका लागि २ करोड बजे विनियोजन गरिएको कृषि मन्त्री विमला केसीले जानकारी दिएकी छिन्

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५