बिहिबार, चैत्र १५, २०८०

मल अभावले किसान मर्कामा

लमजुङ, भाद्र । लमजुङ्गमा युरिया मलको अभाव हुँदा व्यवसायिक किसान मर्कामा परेका छन् । धानखेतीका लागि अत्यावश्यक हुने यस मल अभाव हुँदा किसानलाई समस्या परेको छ । u
मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्यमा तिरेर खरिद गर्न वाध्य भएका छन् । साविवको जिल्ला कृषि विकास कायालयको सिफारिसमा कृषि सहकारीले अनुदानमा वितरण गर्दै आएको युरिया मल अभाव भएपछि किसानहरु मर्कामा परेका हुन् ।
जिल्लामा करीव पाँच सय मेट्रिकटन मल आवश्यक पर्नेमा सो अनुसार मल आपूर्ति हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिएका छन ।

प्रकाशित मिति: बिहिबार, भदौ १४, २०७५