शुक्रबार, चैत्र १६, २०८०

हैजाका कारण भेडाबाख्राले आँखा देख्न छाडे

पाँचथर, भाद्र । पछिल्लो समयमा पशुहरुमा पनि फरक फरक रोगहरु देखा पर्न थालेका छन् । त्यस्तै भएको छ पाँचथरको फालेलुङमा । फालेलुङमा गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेको किसानहरुले दुखेको गर्न थालेका छन् ।फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक रूपमा पालेका १३५ वटा भेडा बिरामी परेको उनीहरुले बताएका छन् ।
किसान राईका अनुसार शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्या देखापरेको थियो ।
यसरी बिरामी परेका भेडाले करीव एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्एिर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडी गोठ सञ्चालक मनप्रसाद केरुङले बताए ।
यसैगरी फालेलुङ–६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्कामा साउनको अन्तिम सातादेखि बिखेस्थित भेडी गोठमा देखिएको थियो ।
ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केही हदसम्म न्यूनीकरण भए पनि पूर्ण रूपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाको भनाई छ ।

प्रकाशित मिति: आइतवार, भदौ १०, २०७५