मङ्लबार, बैशाख ४, २०८१

कृषि जीवन चलाउने पेशा : प्रधानमन्त्री

काठमाडौं, भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले सो कुरा बताएका हुन् । सवैभन्दा पछाडि परेको दूर्गम गाउँका जनताहरु नै कृषिमा निर्भर रहेको बताउँदै उनले विकासलाई त्यही दुर्गम गाउँसम्म पु¥याउनका लागि पनि कृषिमा आधुनिकीकरण गर्नु पर्ने बताएका छन् ।

कृषिमा आधुनिकीकरण मार्फत व्यवसायिकरण गरी निर्याय योग्य कृषि उत्पादन गर्नका लागि अर्गानिक कृषिलाई प्राथमिकता दिनका लागि नै कृषिको आधुनिकीकरणलाई आफूले प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले कृषि बोझ बनेको नभै सवैले त्याग गरेको आधारभूत जीवन निर्वाह गर्ने र जीवन चलाउने पेशा भएकाले सम्मानित पेशा भएको बताए ।
नेपाली कृषि क्षेत्रमा कम आम्दानी हुने भएकाले मात्र यसलाई हेँलाको पेशाका रुपमा हेरिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसलाई आकर्षक पेशा र बढी आम्दानी हुने पेशाका रुपमा विकसित गर्नका लािग कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणमा आफूले जोड दिएको समेत बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५