काठमाडौं, साउन । सरकारले करोडौंको रासायनिक मल विना प्रतिष्पर्धा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय मल शाखाका वरिष्ठ कृषि प्रसार अधिकृत नेत्र भण्डारीले भारत सरकारसँग जी–टु–जी मार्फत खरिद गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘खरिद प्रक्रिया अघि बढिसकेको छ ।’
दुई वर्ष अघि नेपाल विद्यूत प्राधिकरणले यही जी–टु–जी अन्गर्तत कम विजुली खपन हुने एलइडी खरिद गर्ने निणर्य विवादमा परी रद्द भएको थियो । अहिले सोही प्रक्रियामा कृषि मन्त्रालयको आग्रहमा डिएपी मलको खरिद प्रक्रिया कृषि सामग्री कम्पनीले अघि बढाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षका लागि ५० हजार मेट्रिक टन डिएपी र एक लाख मेट्रिक टन युरिया मल जी–टु–जी सुविधा अन्गर्तत उपलब्ध गराईदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई सिफारिस समेत गरिसकेको छ । मन्त्रालयको यही पत्रका आधारमा कृषि सामग्री कम्पनीले विना प्रतिष्पर्धा अन्तर्राष्ट्रिय मूल्यभन्दा प्रति मेट्रिकटन ५७ अमेरिकी डलर बढीमा भारतसँग मल खरिद गर्न लागेको हो । यसरी खरिद हुने ५० हजार मेट्रिक टन डिएपी प्रति मेट्रिकटन ५७ डलरले ३१ करोड ३५ लाख रुपैयाँ बढी खर्च हुने देखिन्छ
कृषि सामगी कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले जी–टु–जीबाट मल ल्याउने प्रक्रिया मन्त्तालयले नै शुरु गरेको बताए । उनले भने, ‘हामीलाई अहिलेसम्म जानकारी छैन, हामीले मन्त्रालयको निर्देशनअनुसार मल खरिद प्रक्रिया अगाडि बढाएका हौ।’ धानबालीका लागि १५ दिनभित्रै देशभर दुई लाख बोरा डिएपी मलको माग छ
यसरी देखाइन्छ बढी खर्च
कम्पनीले ग्लोवल टेण्डरमा अन्तर्राष्ट्रिय बजारबाट मल ल्याउँदा लाग्ने शुल्क समेत समावेश गरेर भारतसँग जी–टु–जी सुविधामा मल किन्न थालेको छ । मलसम्वन्धी अन्तर्राष्ट्रिय मूल्यको जानकारी गराृने फर्टिकन रिर्पोटका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा प्रतिमेट्रिक टन डिएपी मलको मूल्य चार सय १९ अमेरिकी डलर छ ।
फर्टिकनले प्रत्येक ७ र १६ दिनमा अमेरिकी, साउदी अवर, जापान, जोर्डन, चीनको मूल्य विश्लेषण गरी अन्तर्राष्ट्रिय औसत मूल्य प्रक्षेपण गर्दै आएको छ । पछिल्लो पटक असरा १४ गते फर्टिकले प्रतिमेट्रिक टन डिएपीलाई ४ सय १९ डलर औसत मूल्य प्रक्षेपण गरेको थियो । कम्पनील्े अहिले खरिद गर्न थालको एक टन डिएपीको मूल्य ५ सय ३६ अमेरिकी डलर रहेको छ । ४ सय १९ डलर प्रतिमेट्रिक टनमा ग्लोवल टेण्डरबाट आउने मल १ सय १७ अमेरिकी डलर थप खर्च हुन्छ । यसरी किनिएको मल नेपाल ल्याउँदा ५ सय ३६ अमेरिकी डलर प्रति मेट्रिक टन पर्न आउँछ
जी–टु–जीबाट ल्याउँदा ४ सय १९ डलरमा आउने मलको प्याकेजिङ वापत १० डलर र लोड अनलोड तथा ढुवानी वापत ५० डलर गरी कूल ६० डलर मात्रै अतिरिक्त शुल्क लाग्दै आएको छ । ४ सय १९ मा ६० जोड्दा प्रतिमेट्रिक टन ४ सय ७९ अमेरिकी डलर हुन आउँछ । कम्पनीले प्रस्ताव गरेको ५ सय ३६ बाट ४ सय ७९ डलर घटाउँदा प्रतिमेट्रिक टनमा ५७ डलर वाँकी रहँन्छ । ग्लोवल टेण्डरबाट मल ल्याउँदा मूल्यबाहेक जहाज भाडा प्रति मेट्रिक टन १९.२० डलर, प्याकेजिङ खर्च २० डलर, स्टेभडोरिङ क्लिरेन्स फरवाडिङ र ढुवानी खर्च ६१ डलर, विमा प्रिमियम पाँच डलर र विड वण्ड १२ डलर गरी कूल १ सय ७२ डलर जोडेर आपूर्तिकर्ताले मल उपलब्ध गराउँछ । जी–टु–जी मार्फत ल्याउँदा जहाज भाडा खर्च , विमा प्रिमियम खर्च, विड बण्ड खर्च लाग्दैन । सन् २०१७ को अक्टोवर १७ मा कृषि सामग्रीले २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न ग्लोवल टेण्डर आव्हान गरेको थियो । तर गत सेप्टेम्वर २५ ै कृषि सामग्रीले उक्त टेण्डर रद्द गरेको थियो ।
अक्टोवरमा आव्हान भएको टेण्डर रद्द भएपछि कम्पनीले जी–टु–जी मार्फत २५ हजार मेट्रिक टन खरिद गर्न प्रक्रिया थालेको थियो । कर्मचारीको चर्को दवावका कारण कम्पनीले जी–टु–जीबाट मल खरिद गर्न सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जी–टु–जी अन्गर्तत भारतसँग खरिद गर्दा भारतीइ सरकारको स्वामित्वमा रहेको चारवटा कारखानसँग मूल्यको मूल्यको प्रतिष्पर्धाका आधारमा मात्रै मल खरिद गर्न निर्देशन दिएको छ । सार्वजनि खरिद ऐनको दफा ४७ मा सार्वजनिक निकायले कुनै अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा विदेशी मुलुकका सरकार वा त्यस्तो मुलुकको सार्वजनिक निकायबाट निर्धारित मूल्यमा सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ ।
यस अनुसरा भारतको मल कारखानाले विक्री पूर्व नै मलको मूल्य सार्वजनिक गरिसकेको हुनु पर्नेछ । यसरी पहिले नै घोषणा भउको मूल्यका आधारमा कम्पनीले सोझै मल खरिद गर्न पाउँछ । -अन्नपूर्ण
विना प्रतिष्पर्धा मल ल्याउँदै, ३१ करोड घोटाला हुँदै

Add Comment