शुक्रबार, चैत्र १६, २०८०

किन रोकियो धूलो दूधको खरिदको बोलपत्र

विराटनगर, साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट धूलो दूध खरिद गर्नका लागि गरेको बोलपत्र आव्हात अन्तत ः रद्द गरिएको छ । बर्षोदेखि भारतबाट गुणस्तरहीन धूलो दूध आयात गरी सुख्खा सिजनमा घोल बनाई विक्री वितरण गर्दै आईरहेको दुग्ध विकास संस्थानले आफूसँग असी करोड बराबरको पाउडर दुध र नौनी थन्काएर भारतबाट खरिद गर्ने तयारी गरेको थियो ।
किसानहरुले उत्पादन गरेको दूधलाई मिल्क होलिडे हुन नदिन संकलित दूधलाई पाउडर उत्पादन गरी सुख्खा सिजनमा घोल बनाई विक्री वितरण गर्ने सोच अनुरुप गत वर्षदेखि संस्थानले पाउडर दूध उत्पादन शुरु गरेको थियो । तर पनि किसानहरुले दूध विक्री नभएको भन्दै सडकमा दुध पोख्दै आईरहेका छन् ।
एकातिर दूधको मिल्क होलिडे भएको भन्दै किसानहरुले सडकमा दुध पोख्दै आईरहेका छन् भने अर्कोतिर नेपाली किसानहरुले उत्पादन गरेको दुध किन्न छाडेर भारतबाट धूलो दूध आयात गर्नका लागि दुग्ध विकास संस्थान सञ्चालक समिति समेतको मिलेमतोमा उच्च अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारी समेतको आर्थिक चलखेलमा बोलपत्र आव्हान गरिएको थियो ।
नेपाली किसानहरुलाई मारमा पारेर विदेशबाट धूलो दूध आयात गर्न लागेपछि त्यसको व्यापक विरोध भएको थियो । धूलो दूध आयात गर्नका लागि बोलपत्र नै सार्वजनिक गरेपछि दुग्ध विकास संस्थान सञ्चालक समिति भित्रका पदाधिकारीहरु वीच नै मनमुटाव भएको र सार्वजनिक रुपमा नै डिडिसी भित्र भ्रष्टाचार मौलाउँदै गएको उच्च अधिकारीहरुले नै सार्वजनिक अभिव्यक्ति दिन थालेका थिए ।
कृषि मन्त्री चक्रपाणी खनाल, कृषि सचिव डा. युवकध्वज जीसी, निमित्त महाप्रवन्धक ईश्वरी न्यौपाने समेतको मिलेमतोामा चितवनका किसानहरुबाट संकलित दूधको मूल्य घटाएर दूध संकलत परिमाण कम देखाउने र सुख्खा सिजनको बहानामा भारतबाट धूलो दूध ल्याउने प्रपञ्च रचिएको थियो ।
पछि दुग्ध क्षेत्रका काम गरिरहेका किसान, विभिन्न संस्थाहरु, किसान आयोग, राष्ट्रिय मानव अधिकार आयोगको समेत चासो लिएपछि धूलो दूध आयात गर्नका लागि खोलिएको बोलपत्र आव्हान रद्द गरिएको मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री चक्रपाणीले खुलासा गरेका थिए ।
चारैतिरको चर्को दवावमा परेपछि कृषि मन्त्री खनालले दुग्ध विकास संस्थानलाई सो बोलपत्र रद्द गर्न निमित्त महाप्रवन्धक ईश्वरी न्यौपानेलाई निर्देशन दिएको मन्त्रालय श्रोतले बताएको छ ।
स्मरण रहोस् दुग्ध विकास संस्थानका तात्कालिन महाप्रवन्धक गंगा तिमल्सेनाको उमेरहदका कारण अवकाश भएपछि डा. ईश्वर अधिकारले निमित्त भएर संस्थान हाकिरहेको थिए भने उनको पनि अवकाश पश्चात अहिले बालाजु आयोजनाका प्रमुख ईश्वर न्यौपाने निमित्त महाप्रवन्धकका रुपमा कार्यरत छन् ।
संस्थानको महाप्रवन्धक नियुक्तिको मापदण्डमा विवादित भएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण सरकारले अहिलेसम्म पनि दुग्ध विकास संस्थानमा महाप्रवन्धक नियुक्ति गर्न सकेको छैन ।

प्रकाशित मिति: सोमवार, साउन १४, २०७५