शुक्रबार, बैशाख ७, २०८१

तीन स्वादमा ‘शुलभ’ दही आउँदै

काठमाडौं, साउन । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको सामुहिक कृषक डेरीलेले आँप, स्ट्रबरी र केराको स्वादमा तीन थरीका ‘शुलभ’ ब्राण्डका दही बजारमा ल्याउने तयारी गरिरहेको छ ।
केही साता अगाडि मात्र कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले छापामार शैलीमा अनुगमन गर्दा सामुहिक कृषक डेरीबाट उत्पादन भएको दुग्धजन्य पदार्थमाथि प्रश्न उठाएका थिए । निजी क्षेत्रलाई त्रसित तुल्याउने गरी मन्त्रीले अनुगमनका क्रममा कोलिफर्म दूधमा भेटिएको, सोडा मिसाएर विक्री गरेको प्रचार गरेका थिए ।
तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै पछि सामूहिक कृषक डेरी लगायतका मन्त्रीले अनुगमन गरेका डेरीबाट उत्पादन गरेको दुग्धजन्य पदार्थ गुणस्तरहीन नभएको पुष्टि गरेपछि सो डेरीले आफूलाई फरक ढंगले उपभोक्ता माझ प्रस्तुत गरेको छ ।
डेरीले मि.लि.को कपमा तीन स्वादका दही उपलव्ध गराउन लागिएको छ । आँप, स्ट्रबरी र केराको रस भारत तथा यूरोपियन देशबाट आयात गरी दहीमा प्रयोग गरिने डेरीका अध्यक्ष रविप्रसाद रिजालले बताए ।
१० वर्ष अघि स्थापना भएको सो डेरीमा हालसम्म करीव ८ करोडको लगानी भईसकेको र उद्योगले दैनिक १ हजार कप दही उत्पादन गरिरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, साउन ७, २०७५