मङ्लबार, बैशाख ११, २०८१

पानीको माग गर्दै किसानले कुलोको मुहानमा पूजा गरे

दाङ, साउन । सुन्दा अचम्म लाग्छ,एक्काईसौं शताव्दी पनि हामी पूजा अर्चना गरेर नै आकाशबाट पानी पर्ने विश्वासमा छौं । हो, यो कुरा साँचो हो । साउन पहिलो साता बित्न लाग्दा पनि अझै बर्षात नभएका कारण खेती हुन नसकेको भन्दै दाङका किसानले भुमेबर्माको पूजा गरेका छन् ।
तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए ।
उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो बताए ।
सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन् । पानी नपर्दा तुलसीपुरको हजाराँै बिगाह जमीन बाँझै रहेको छ ।
सरकार कृषि उत्पादन दोव्वर बनाउने नारा फलाक्दै हिडिरहेको छ तर किसानहरु सिंचाई अभावका कारण भूमेबर्माको पूजा गर्न थालेका छन् ।

प्रकाशित मिति: आइतवार, साउन ६, २०७५