काठमाडौं, साउन। राष्ट्रिय किसान आयोगका सदस्य सचिव रहेका तेजबहादुर सुवेदी नयाँ सरकार गठनसँग कृषि मन्त्री चक्रपाणी खनाल आएपछि उनलाई मन्त्रालयमा काजमा तानिएको थियो । काजमा भएपनि उनलाई नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको प्रमुख बनाइयो । सो महाशाखाका प्रमुख लेखनाथ आचार्यलाई सो महाशाखाबाट गलहत्याउने काम भयो । भाद्रमा स्वत अवकाश प्राप्त हुन लागेका आचार्य कांग्रेसका मन्त्री हुँदा पनि चेपुवामा परे । अहिले नेकपा (एमाले–माओवादी समीकरण पश्चात) को नेतृत्वमा सरकार हुँदा पनि चेपुवामा पारियो । उनलाई चेपुवामा पार्ने अरु कोही नभएर उनले विगतमा निकै नै सहयोग गरेका सचिव युवकध्वज जिसी नै थिए ।
एकाध महिना जागिर जीवन वाँकी रहेका आचार्य वैदेशिक भ्रमणमा परेका थिए । सहसचिवहरुलाई विदेश भ्रमण नगराउन प्रधानमन्त्री कार्यालयबाट उर्दी आएको भन्दै उनलाई जिसीले रोके । तर, केही दिन पश्चात राष्ट्रिय किसान आयोगबाट वैदेशिक भ्रमणका लागि आयोगका अध्यक्ष सहित अन्तर्राष्ट्रिय सहयोग समन्वय शाखामा काजमा रहेका तेजबहादुर सुवेदीको नाम भ्रमण स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाईयो । मन्त्रीपरिषद्बाट भ्रमण अस्वीकृत भयो । मन्त्रीपरिषद्बाट अस्वीकृत भएको सोही भ्रमणमा जीसीले चलाखी गरे जुन हाम्रा व्युराक्रेटहरु कतिसम्म निघृणी छन् भन्ने पुष्टि नै गरिदिए ? तेजबहादुर सुवेदी विगतदेखि नै माओवादीभक्त हुन् । आफ्नो स्वार्थ पूरा गर्नका लागि मन्त्रीपरिषद्ले अस्वीकृत गरेको भ्रमणको पाइलमा किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको नाम काटेर तेजबहादुर सुवेदीको नेतृत्वमा भ्रमण जाने गरी सचिवले स्वीकृत गरिदिए । उनीसँग १४ जना व्यक्ति अघिल्लो आर्थिक वर्षका बजेटमा यतिखेर विदेशमा मस्त गरिरहेका छन्
सहसचिवका लागि मन्त्रीले स्वीकृत गर्ने अधिकार भएकाले आयोगका अध्यक्षको नाम हटाएर फाइल सदर गरियो । लेखनाथ आचार्यको भ्रमण रोकेर सचिवले तेजबहादुर सुवेदीको भ्रमणलाई स्वीकृत किन गरे ? त्यही मन्त्रालय भित्रको अवकाश पाउन लागेका आचार्यलाई नियमले नदिने तर काजमा मन्त्रालयमा रहेको व्यक्तिलाई कुन कार्यविधिले विदेश भ्रमणमा जानका लागि सचिवल स्वीकृत गरे त्यो विषय भने अख्तियार दुरुपयोग अनुन्धान आयोगले नै गर्नु पर्ने देखिन्छ ।
कृषि मन्त्रालयका सहसचिवमा विभेद, कसरी गए तेजबहादुर विदेश ?

Add Comment