बिहिबार, बैशाख १३, २०८१

निजी कृषि कलेज विरुद्ध विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं, साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको निजी कलेज सम्वन्धन प्रक्रिया पूर्ण रुपमा खारेजीको माग गदैै विश्वविद्यालयहरुका विद्यार्थी संगठनहरु आन्दोनलमा उत्रिएका छन् ।
विश्व विद्यालयले नियम विपरित ८ वटा निजी कलेजलाई सम्वन्धन दिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विगतमा पनि निजी कलेजलाई  सम्वन्धन दिन लागेको भन्दै विद्यार्थीहरु आन्दोलन गर्न थालेपछि सम्वन्धन नदिने निर्णय विश्व विद्यालयले गरेको थियो ।
२०७४ भाद्र २ गते विश्वविद्यालयको उपकूलपति प्रा.डा ईश्वरप्रसाद ढकालको विशेष उपस्थितिमा रजिष्ट्रार प्रा.डा. मनराजा कोलक्षापतिको अध्यक्षतमा विद्यार्थी प्रतिनिधिहरु समेतको वैठकमा विश्वविद्यालयसभाबाट पारित सातवटा आंगिक कलेजहरु सञ्चालन गर्न दिने र त्यसलाई भौतिक पूर्वाधार युक्त बनाउने सहमति भएको भएपनि निजी कलेजलाई सम्वन्धन दिने सहमति भने भएको थिएन ।
तर आफैले गरेको सहमतिलाई लत्याउँदै विश्वविद्यालयले अहिले ८ वटा निजी कलेजनलाई सम्वन्धन दिए पछि विगत एकसाता भन्दा बढी समयदेखि विभिन्न विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।निजी कलेजलाई दिएको सम्वन्ध खारेजी नभएसम्म आन्दोलन जारी रहने अखिल क्रान्तिकारि विश्वविधालय समिति उपाध्यक्ष गितेश डि सीले दिएको जानकारी दिएका छन ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०७५