शनिबार, बैशाख ८, २०८१

कृषि मन्त्रीज्यू सडकमा किसानले दूध पोखे त ? अमूल भित्र्याउने नै हो ?

चितवन, साउन । लगानी गर्ने किसानहरुलाई आफूले सहयोग गर्ने कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले यतिखेर कहाँ छन् कुन्नी किसानहरुले उत्पादन गरेको दूध चितवनका किसानले सडकमा फालेको उनका शुभचिन्तकहरुले पक्कै सुनाए होलान् ।
गफ गर्नु र काम गर्नुमा धेरै नै गाह्रो छ । तर अहिले कृषि मन्त्री गफमा जादू पर्न धेरै नै सिपालु देखिएका छन् । सकेसम्म सञ्चारमाध्यममा छाउनका लागि जस्तो सुकै अभिव्यक्ति दिन पनि तयार भईहाल्छन् मन्त्री खनाल ।
किसानहरुले विगत वर्षहरुमा डिडिसीबाट पाउँदै आईरहेको दूधमा प्रति लिटर मन्त्रीकै निर्देशनमा घटाइयो । जसको परिणाम चितवनका किसानहरुले दूध सडकमा पोख्नु पर्ने वाध्यता नै आईलाग्यो ।
भारतीय दूध कम्पनी अमूल नेपालमा भित्र्याउने खेलमा लागेका कृषि मन्त्री खनाल र उनका सहयोगी सचिव डा. युवकध्वज जिसी, र केही दुग्ध क्षेत्रमा काम नगर्नेआफूलाई विज्ञ बनाउनेहरु समेत लागिपरेका छन् ।
एकातिर कृषि मन्त्री दूध उद्योगमा गएर छापामार शैलीमा दूधमा सोडा र युरिया मिसिएको अभिव्यक्ति दिँदै हिड्नु, दुग्ध विकास संस्थानले किसानलाई उपलब्ध गराउँदै आएको मूल्यलाई घटाउनु र किसानहरुले दूध सडकमा पोख्नुलाई बाघ कराउनु र बाख्रा हराउनु उखानसँगै जोड्नु उपयुक्त होला ।
मन्त्रीज्यू किसानहरुले दूधको लागत मूल्य पाउँलान् अव भनेर सोध्ने ठाउँ नै रहेन । पशुपन्छी विकास मन्त्रालयमा सचिव हुँदा पशुपालनका लागि ऋण नदिने वैकलाई कार्वाही गर्छु भन्ने सचिव अहिले निदाईरहेका छन् । निदाएका मन्त्री र सचिवलाई पक्कै पनि किसानहरुले उठाउने छन् ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०७५