शुक्रबार, चैत्र १६, २०८०

कृषि र पशुसेवाका १५० उपसचिव ठाडो हाजिरमा जागिर जोगाउँदै

काठमाडौं, साउन । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले समयमा नै संगठन संरचना अनुरुप कर्मचारी व्यवस्थापन गर्न नसक्दा कृषि तथा पशु सेवा तर्फका १५४ उपसचिवहरु अहिले सचिवको निर्देशन अनुरुप ठाडो हाजिर गरेर जागिर जोगाईरहेका छन्।
जिल्ला स्थित कृषि विकास कार्यालय र पशु सेवा कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत एवं बरिष्ठ पशु चिकित्सक (उपसचिव) कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका थिए । संघीय संरचना अनुरुप जिल्ला स्थित कार्यालय साउन १ गतेदेखि खारेजीमा परेपछि कार्यालय प्रमुखहरु अहिले विना काम दिन विताउनु परेको छ ।
कृषि, भूमि व्यवथा तथा सहकारी मन्त्रालयका मन्त्री, सचिवहरुले कर्मचारी व्यवस्थापनमा ध्यान दिन नसक्दा यो अवस्था आएको हो ।
मन्त्री र सचिवले अझै जिल्लामा रहेका कर्मचारीहरुको व्यवस्थापनका लागि पहल गरेको देखिंदैन । जसका कारण कार्यालय प्रमुखहरु विना काम बस्नु परेको छ । जिल्लामा रहेको वरिष्ठ कर्मचारी नै काम विहिन भएर बस्दा पनि मन्त्रालयले चासो दिन सक्दैन भने सरकारले भने जस्तो पाँच बर्षमा कृषि उत्पादन कसरी दोव्वर होला ?

प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५