शनिबार, बैशाख ८, २०८१

अमूल भित्र्याउन दूधमा युरिया मिसिएको हल्ला चलाए मन्त्रीले

काठमाडौं, असार । नेपाली दुग्ध उत्पादक किसानहरुको विचल्ली हुने गरी भारतीय दूध उत्पादक अमूल कम्पनीलाई नेपालमा भित्र्याउनका लागि ठूलै चलखेल शुरु भएको छ । सोही चलखेलको पहिलो प्रहार स्वरुप कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नै मातहतमा रहेको दुग्ध विकास, तीन दर्जन भन्दा बढी निजी डेरीहरुले उत्पादन गरेको दूध गुणस्तरहीन भएको, र युरिया मल मिसाइएको भन्दै बन्द गर्न लगाए ।
मन्त्रीले सस्तो लोकप्रियताका लागि डेरीहरुमा अनुगमन गर्ने नाममा छापामार शैलीले गरेको व्यवहारले निजी क्षेत्र त्रसित समेत बनेको थियो । त्यत्तिमात्र होइन अहिले सरकारी तथा निजी डेरीहरुले उत्पादन गरेका दूधको विक्री ३० प्रतिशतले घटेको निजी डेरीहरुको आरोप छ ।
कृषि मन्त्रीले आफ्नो सस्तो लोकप्रियताका लागि दूधमा यूरिया मिसिएको, कोलिफार्म देखिएको र गुणस्तर नभएको भन्दै भाषण छाँटेपछि काठमाडौं उपत्यकामा प्याकेटमा विक्री वितरण भईरहेको दूधको विक्री घटेको देखिन्छ ।
मन्त्री खनालले दूधमा युरिया मिसिएको, समय गुज्रिसकेको धूलो दूधलाई तरल दूधमा रुपमा उपभोक्ताहरुलाई विक्री गरेको भनाई सार्वजनि गरेका थिए । त्यत्तिमात्र होइन दुग्ध विकास संस्थानका अध्यक्ष स्वयं दुग्ध विकास संस्थानको विपक्षमा खुलैर अभिव्यक्ति दिन थालेका । यसले के प्रष्ट पार्दछ भने एउटा गिरोह नेपाली दुग्ध क्षेत्रलाई तहश नहश गरी भारतबाट अमूल कम्पनी भित्र्याउनका लागि विगतदेखि नै लागिपरेको समेत भेटिन्छ ।
कृषि मन्त्रीले युरिया मिसिएको दुधको चर्चा गरिहँदा त्यस्ता कम्पनीले उत्पादन गरेका दूध विक्री रोक लगाउन किन सकेनन् ? हो यही नै सवैभन्दा ठूलो र महत्वपूर्ण कुरा छ । आखिर कसले पछि पछि लागेर मन्त्री खनालले नेपाली दूधमा युरिया मिसाइएको भन्ने आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, असार २३, २०७५