शुक्रबार, चैत्र १६, २०८०

हेटौडाका मरेका कुखुरा काठमाडौंमा विक्री

काठमाडौ, असार । हेटौडामा मरेका कुखुरालाई काठमाडौंका मासु पसलहले विक्री गर्दै आईरहेका छन् । काठमाडौंका मांसाहारी कुखुराको मासु उपभोग गर्नेहले कस्तो मासु प्रयोग गरिरहेका छन् भन्ने कुरा अव भन्न नपर्ने भएको छ । काठमाडौैमा रहेका क्वारेण्टाईनहरुले आँखा चिम्म गरेर बस्ने गरेका कारण उपत्यका बाहिरबाट यस्ता मरेका कुखुराको मासु उपभोक्ताहरुले प्रयोग गर्नु पर्ने वाध्यता छ ।
काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि उपत्यका बाहिर मरेका कुखुरा काठमाडौंमा मासुका लागि प्रयोग भईरहेको खुलेको हो । तर मरेका कुखुरालाई स्थानीयबासीहरुको रोहबारमा प्रहरीले नष्ट गरेको बताको छ ।
बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले गाडीमा १७० वटा मरेको ब्वायलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी बताएका छन् । उनका अनुसार पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ ।
प्रहरीको अनुसन्धानले ती मरेका कुखुरा हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेको बुझिएको छ । मरेको कुखुराहरु तौल ३२५ किलो रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०७५