मङ्लबार, बैशाख ११, २०८१

यसरी मनाईयो यस वर्षको धान दिवस (भिडियो सहित)

काठमार्डौ, असार । कृषकका लागि मुठी खाएर मानो उब्जाउने महिना हो असार । उसो त रोपाइकै लागि उनीहरुको व्यवस्तता भदौको पहिलो सातासम्म पनि उस्तै रहन्छ । बाहै्र महिना खेतीको चटारोमा व्यवस्त हुने किसानहरु असारको मध्य अर्थात १५ गते भने कामसँगै खेतमा रमाइलो पनि गर्न भ्याउँछन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् जसले शरीरमा शीतलता प्राप्त भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । किसानका लागि मात्र होइन अन्य पेसा र व्यवसायमा लागेका नेपालीलाई पनि असार १५ एक पर्व हो जसलाई अधिकांशले दही च्यूरा खाएर मनाउँछन् । तर, असार १५ गते उपत्यकाका कीर्तिपुर, बुङ्मति र छम्पीमा घुम्दा भने दृश्य फरक देखियो ।
पजः प्लटिङ गरेको
नेपाल कृषि प्रधान देश हो यहाँका अधिकांश मानिस कृषि पेशामा आवद्ध हुँदाहुँदै पनि यस पेशाका लागि कुनै आधुनिक पद्धति र सहज वातावरण भने प्राप्त छैन । निर्वाहमुखी कृषि प्रणालीबाट व्यवसायमुखी बन्न नसक्दा कृषकका लागि काम सहज बन्न सकेको छैन । हामीले भ्रमण गरेका स्थानमा कतै रोपाइ सकिएको र कहीँ वाजै रहेको कारण पनि कृषिमा आधुनिकीकरण भित्र्याउन नसक्दाको उपज थियो ।
धान नेपालको मुख्य बाली हो र नेपालमा खानाको लागि अन्य परिकारभन्दा धानको प्रयोगलाई नै प्रश्रय दिइन्छ । त्यसैले पनि धान उत्पादनमा आत्मनिर्भर बन्नका लागि नै सरकारले विगत १३ वर्षदेखि असार १५ लाई वर्षेनी धान दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको सम्मृद्धि’ भन्ने नाराका साथ देशभर धान दिवस मनाइयो ।
सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको यस वर्ष १५ वर्ष पुगिसकेको छ । तर युवा शक्ति बाहिरिनाले, आकाशे पानीको भरमा खेती गर्नु पर्नाले सोचे अनुरुप सफसल त प्राप्त गर्न सकिएको छैन नै साथै प्लटिङ लगायतका कारणले वर्षेनी खेतीयोग्य जमिन घट्दै जानाले पनि समग्र बालीको उत्पादकत्व घट्दै गएको छ ।
आर्थिक वर्ष ०६९/७० को आँकडा अनुसार ३ लाख १६ हजार ३२ हेक्टर क्षेत्रफलमा रोपाइ गरिएकोमा १० लाख, ९० हजार १४ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७०/७१ को तथ्याङ अनुसार खेतीयोग्य जमिन घटेर ३ लाख १६ हजार ६ हेक्टरमा पुगेको छ । जहाँ ११ लाख ७६ हजार ३५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा पनि खेतीयोग्य जमिन घट्दै गएर ३ लाख ११ हजार १ सय ४७ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ११ लाख ४९ हजार ३ सय ७४ मेट्रिक टन धान उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७२/७३ को तथ्याङ्क अनुसार २ लाख ९८ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ९ लाख ५० हजार ३ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । यसैगरि आव २०७३÷७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्ष २०७४/७५ मा करिब ५१ लाख ६० हजार टनको हाराहारीमा मात्रै धान उत्पादन भएको छ । तथ्याङक हेर्दा हरेक वर्ष खेतीयोग्य जमिन घट्ने क्रम जारी भने विदेशबाट खाद्यन्न आयात हुने क्रम बढ्दो छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६० दशमलव ४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ । सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ ।
गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ । सरकारले कृषि क्षेत्र लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको हो । यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ । टंककला तिमल्सेना

प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५