शुक्रबार, चैत्र १६, २०८०

कृषिमा परनिर्भरता बढ्दै गएको उपराष्ट्रपतिको भनाई

काठमाडौँ, असार । सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिमा आत्मनिर्भर हुने चर्चा चलेको भएपनि परनिर्भरता उच्च विन्दुमा पुगेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।
काठमाडौैंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् । उनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताए ।
सोही कार्यक्रममा बोल्दै कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताइन् । उनले संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने धारणा समे राखेकी थिइन ।
सरकारले बजेट वक्तव्य मार्फत नै कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने योजना बनाएको छ । तर नेपालले सरदर धान ५२ लाख मेट्रिक टन, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।
नेपालले अहिले प्रतिमहिना रु ५० करोडभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ । चामल, पिठो, माछा, मासु, तरकारी र फलपूmल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५