बिहिबार, चैत्र १५, २०८०

मन्त्रीज्यू किसानले दूध सडकमा नै पोखे नि ?

झापा, असार । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मिल्क होलिडे कुनै हालतमा हुन नदिने बताएको एक साता पनि वित्न नपाउँदै झापाका किसानहरुले दूध विक्री भएको भन्दै सडका दूध पोखेका छन् ।
दुध विक्री नभएर किसानहरुले अहिले मात्र होइन विगतका वर्षमा पनि यसैगरी सडकमा दूध पोख्दै आईरहेका छन् । सरकारले दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने घोषणा गर्दै आईरहेको भएपनि किसानहरुले भने दूध विक्री नभएको भन्दै पटक पटक यसैगरी दूध सडकमा फाल्नु पर्ने अवस्था किन आयो भन्ने विषयमा न त मन्त्री बोलेका छन् न त सरोकारवाला निकायहरु नै बोलेका छन् ।
सायद कृषि मन्त्रीलाई दूध सडकमा पोखिएको खवर छैन वा उनका सल्लाहकारहरुले जानकारी दिएका छैनन् । काठमाडौंमा डेरीहरुमा अनुगमन गर्दै दूधमा सोडा र युरिया मिसिएको भन्दै हिड्ने मन्त्रीले सडकमा दूध पोखेको कुरालाई देख्ने र सुन्ने अवसर नै नमिलेको पनि हुन सक्छ ।
कृषि मन्त्री खनालज्यू झापाका दूध उत्पादक किसानहरुले सडकमा नै दूध पोखे । तर तपाईकै भनाई अनुसार काठमाडौंका युरिया र सोडा मिसाइएको दूध प्रत्येक दिन उपभोक्तासम्म पुगेको छ नि ? युरिया मिसाइएका र सोडा हालिएको भन्ने दूध उपभोक्ताहरुलाई विक्री गर्न पाईन्छ ? किन निजी डेरीवालाहरुले मन्त्रीज्यूको कोटमा गडबढ गरे ।

प्रकाशित मिति: आइतवार, असार ३, २०७५