उदयपुर, जेठ । त्रियुगा नगरपालिका–१५ साउनेका बासिन्दाको आम्दानीको मुख्य स्रोत केरा खेती बन्न पुगेको छ । व्यावसायिक रूपमा केरा खेती गर्दै आएका साउनेवासी पारिवारिक समृद्धितर्फ अगाडि बढ्न थालेका छन् । उक्त गाउँमा करीब पँैतीस घरपरिवारको बसोबास रहेको छ । “हाम्रो आयआर्जनको मूल स्रोत नै केरा खेती हो,” स्थानीयवासी मोहन केपीछाकी मगर बताउँछन् ।
उनी भन्छन्, “भिरालो पाखोबारी जमीन छ, उब्जाउ धेरै हुँदैन, अधिकांश जग्गामा अहिले केरा खेती शुरु गरेका छौँ, केरा बिक्रीको अम्दानीले नै घरखर्च चलाएका छौँ ।”
एक दशकदेखि केरा उत्पादन गर्दै आएका लोकबहादुर मगर आफ्नो मुख्य आम्दानीको स्रोत केरा खेती भएको बताउँछन् । केरा बिक्री गरेर नै छोरोलाई काठमाडाँैमा स्नातक तह पढाउन थालेको उनको भनाइ छ । उनले मासिक रु ४० हजारसम्म केरा बिक्री गरेर आम्दानी गर्ने गरेका छन् ।
आम्दानीको मुख्य स्रोत केरा

Add Comment