शुक्रबार, बैशाख ७, २०८१

भारतको ‘अमूल’ भित्र्याउन मन्त्रालयमा चलखेल शुरु

काठमाडौं, जेठ । अवको केही समय पश्चात नेपाली किसानहरुले उत्पादन गरेको दूध सर्वसाधारणको पहुँच भन्दा बाहिर हुने करीव निश्चित भएको छ । एकातिर सरकारले पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने कुरा गरिरहेको छ भने अर्कोतिर भारतबाट धूलो दूध आयात गर्ने कार्यलाई पनि निरन्तरता दिईरहेको छ ।
विगतमा पनि भारतबाट म्याद सकिन लागेको धूलो दूध आयात दुग्ध विकास संस्थानले त्यसैको प्रयोग गरी उपभोक्तासम्म पु¥याएको थियो । जसले दुग्ध विकास संस्थानलाई विवादित समेत बनाएको थियो । अहिले फेरि नेपालका भारतबाट धूलो दूध आयात गर्ने चलखेल शुरु हुन लागेको छ ।
अहिले भारतको ‘अमूल’ ब्राण्डलाई नेपालमा भित्र्याउने खेल शुरु भएका देखिन्छ । गत वर्ष छिमेकी देश चीनबाट १० हजार गाई ल्याउने तयारीमा जुटेको तात्कालिन पशुपन्छी विकास मन्त्रालय केही विवादका कारण पछि हटेको थियो । मन्त्रालयको उच्च कर्मचारीहरु वीच नै मनमुटाव बढेपछि त्यसबेला चीनबाट गाई ल्याउने कुरा टरेको थियो ।
त्यही भएर अहिले फेरि अमूललाई नेपाल भित्र्याउने खेल शुरु भएको देखिन्छ । नेपालमा अमूल भित्र्याउने हो भने अहिले पशुपालन गरिरहेका किसानहरु विस्थापित हुनु पर्ने देखिन्छ । सिमित व्यक्तिहरुको स्वार्थका लागि नेपाली किसानहरुलाई विस्थापित गराउने किमिसले जुन खेल भईरहेको त्यो मुलुकका लागि घात हुने देखिन्छ । अमूल भित्र्याउने खेलमा दुग्ध विकास संस्थान र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उच्च अधिकारीहरु संलग्न रहनु भनेको नेपालमा दूध व्यवसायलाई परनिर्भरता तर्पm धकेल्नु नै हो भन्दा उचित होला ?

प्रकाशित मिति: आइतवार, जेष्ठ २७, २०७५