शुक्रबार, चैत्र १६, २०८०

खेतबारीमा पोटास र फोस्फोरसको कमी

दाङ, जेठ । दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ । बुधबार भएको उपमहानगमा निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको जिल्ला कृषि विकास कार्यालयका माटोविज्ञ दिगम्वर यादवले बताए ।
“अधिकांश जमिनमा पोटासको मात्रा न्यून र फोस्फोरसको मात्रा ७५ प्रतिशत देखिएको छ, खेतीयोग्य जमिनमा पोटास र फोस्फोरस हाल्नुपर्ने देखिएकोछ” उनले भने । एकीकृत मलखाद व्यवस्थापन र अम्लीयपनाको सुधार स्वस्थ बाली उत्पादन र कृषि व्यवसायीकरणको आधार भन्ने मूल नाराका साथ दुई दिनसम्म शिविर आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगर कृषि विकास शाखाले तुलसीपुरमा आयोजना गरेको शिविरमा ११४ जना किसानले माटो चेकजाँच गराएका थिए ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १७, २०७५