शुक्रबार, चैत्र १६, २०८०

एक सय चालिस वर्ष पुरानो सल्लेरी वन

धनकुटा, जेठ । एक सय चालिस वर्ष पुरानो सल्लेरी वनको रुख कटान गरी नयाँ बिरुवा रोपेर वन व्यवस्थापन गरिएको छ । जिल्ला वन कार्यालयका अनुसार सदरमुकामस्थित धनकुटा नगरपालिका ६ नं वडामा रहेको सल्लेरी वनको पुराना रुख कटान पछि नयाँ बिरुवा रोपिएको हो । गतवर्ष पनि जिल्ला वन समन्वय समितिले बैठकले पनि पुराना रुख काटेपछि नयाँ बिरुवा रोप्ने निर्णय गरी काम शुरु गरेको थियो ।

राणाकालीन समयमा रोपिएको सल्लेरी वनको रुख व्यवस्थापन गर्ने कार्ययोजना अन्तर्गत गत वर्ष ७९ वटा रुख कटान गरिएको थियो भने यस वर्ष ४९ वटा रुख कटान गरिएको छ । वन व्यवस्थापन कार्ययोजनाअनुसार यसवर्ष २०० सल्लाका बिरुवासमेत रोपिएको कार्यालयका प्रमुख कृष्णप्रसाद बस्तीले बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५