शुक्रबार, चैत्र १६, २०८०

रोग नियन्त्रण गर्न दुई वर्षपछि सचेतना !

काठमाडौं, जेठ । कहि नभएको जात्रा हाँडी गाउँमा भने जस्तै भएको छ एव्सोलुटा किरा नियन्त्रण । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको बाली संरक्षण निर्देशनालयलले एव्सोलुटा किरा देखा परेको दुई वर्ष पछि मात्र किसान समक्ष जनचेतना कार्यक्रम शुरु गरेको छ ।
२०७३ जेठ महिनामा काठमाडौंको तारकेश्वर नगरपालिका र आसपास क्षेत्रमा गोलभेंडाको पात खन्ने एव्सोलुटा किरा देखिएको थियो । तर त्यसबेला रोग नियन्त्रण गर्न नसकेको सरकारी निकाय बजेट सिध्याउने हेतुले दुईवर्ष पछि जनचेतनामूलक कार्यक्रम भन्दै किसानसम्म पुगेका छन् ।
बाली संरक्षण निर्देशनालय मातहतमा सञ्चालन भईरहेको प्लाण्ट वाईज परियोजना मार्फत किसानसम्म एव्सोलुटा किरा नियन्त्रण गर्ने कार्यमा जुटेको सो निर्देशनालयले जनाएको छ । उपत्यकाका तीनै जिल्लामा गत शनिबारदेखि एव्सोलुटा किरा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन शुरु गरिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युत ढकालले बताएका छन् । ढकालका अनुसार जनचेतनामूलक कार्यक्रम मार्फत किसानहरुलाई एव्सोलुटा किराको बारेमा जानकारी दिनुका साथै कीरा नियन्त्रण गर्नका लागि आवश्यक परामर्श समेत दिएकोले कीरा नियन्त्रण गर्न सहज हुने बताए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १४, २०७५