बिहिबार, चैत्र १५, २०८०

जथाभावी विषादी विक्री गर्दै एग्रोभेट

काठमाडौं, जेठ । आफूले खेती गरेको बाली कुनै रोग लाग्यो भने किसानहरु चिन्तित त हुन्छन् नै तर सजग भएको भने देखिदैन । बालीमा लागेको रोगको उपचारमा सजग नहुँदा मूल्य उठाउन किसानलाई नै गाह्रो भएको छ ।
बालीमा लागेको रोगले बोट नै नष्ट भइसकेपछि मात्रै किसान रोगको जाँच गर्नका लागि प्रयोगशाला पुग्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बालीमा रोग लाग्नासाथ समाधान सम्भव भए पनि किसान ढिलो आउँदा बाली नष्ट भइसक्ने महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताए । बालीमा कुनै पनि खालको समस्या देखिनासाथ किसान एग्रो भेट पुग्ने गरेका छन् ।
एग्रो भेट सञ्चालकहरुले बालीमा लागेको रोगको जानकारी नै नपाई विरुवा हेदै नहेरी किसानलाई बालीमा प्रयोग गर्न विषादी दिन्छन् । एकथरी समस्या र अर्काे उपचार हुँदा रोग नियन्त्रण नहुने गरेको मानन्धरको भनाई छ । उनी भन्छन् “विषादीले असर नै नदेखाएपछि एग्रोभेटले यहाँ जान भन्छन् र किसान हामी कहाँ आउँछन्”
फरक किसिमका बालीमा फरक खालका रोग लाग्ने वैज्ञानिक मानन्धरको भनाई छ । कतिपय रोग पहिले सानो रूपबाट शुरु भएर पछि बालीको सबै भागमा फैलन्छ । बोट नै कुहाउने वा सुकाएर उत्पादन ठप्प गर्ने खालका रोग धेरै छन् । कतिपय अवस्थामा रोगले नभएर कीराले बोटमा आक्रमण गर्दा बिरुवामा असर देखिन्छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १२, २०७५